Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

राष्ट्रिय व्यावसायिक पहलद्वारा एक हजार पिपिइ हस्तान्तरण

काठमाडौं । राष्ट्रिय व्यावसायिक पहलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई रु ३० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेर सो सस्थाका महासचिव सुरेन्द्रवीर मालाकारले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) एक हजार थान आज उपलब्ध गराइएको हो ।

ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यकता हेरी सातै प्रदेशमा हस्तान्तरण गर्ने जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले वर्तमान चुनौतीपूर्ण घडीमा निजी क्षेत्रले शुरुआती चरणदेखि नै आर्थिक सहयोग, राहत सङ्कलन तथा वितरणमा पु¥याउँदै आएकोमा बताए।

उनले प्राप्त स्वास्थ्य सामग्रीले कोरोनाको जाखिम नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने बताए। मन्त्री भट्टले कोरोनाका कारणले बन्द भएका उद्योग कसरी पूर्ववत अवस्थामा चलाउन सकिन्छ भनेर आवश्यक पहल भइरहेको जानकारी दिदै निजी क्षेत्र र सरकारबीच हातेमालो गरेर अगाडि बढ्न आफूहरु तयार रहेको उल्लेख गरे ।

सो सस्थाका अध्यक्ष कुशकुमार जोशीले मुलुक अहिले कोरोना भाइरसको कारण सिर्जित सङ्कटपूर्ण अवस्थाले निजी क्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध हुँदा आर्थिक सामाजिक विकासको गति ठप्पप्रायः भएको बताउँदै अविलम्ब एकीकृत राहतका कार्यक्रम ल्याइ अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

मुलुकको दिगो विकास र सामाजिक उत्तरदायित्वको क्षेत्रमा सरकारसँग हातेमालो गर्दै करिब दुई दशकदेखि क्रियाशील सो सस्थाले यसका अतिरिक्त कार्यस्थलसम्बन्धी प्रकाशनलगायत अन्य सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । भविष्यमा पनि आफनो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिइने र बन्द भएका उद्योग व्यवसाय सुरक्षित तरिकाले पूर्ववत अवस्थामा चलाउन सरकारले पनि सहजीकरणको भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

सस्थाका संस्थापक अध्यक्ष पद्म ज्योतिले पनि बन्द भएको उद्योग पूर्ण सञ्चालन गर्न सरकार, उद्योगी तथा कर्मचारीसँग सल्लाह गरी ठोस योजना ल्याउनुपर्ने धारणा राखे । पहलका सदस्य उमेश श्रेष्ठले विषम परिस्तिथिमा सरकार, उद्योग र मजदुर सङ्घका प्रतिनिधि बीचमा छलफल गरी के–कसरी मजदुरको सुरक्षा गर्न सकिन्छ भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराए ।

स्वास्थ्य सामग्री हस्तान्तरण समारोहमा उद्योग सचिव चन्द्र घिमिरे तथा वाणिज्य सचिव बैकुण्ठ अर्याललगायतको उपस्थिति थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE