भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले लकडाउन लम्बिएसँगै खाना खुवाउने कार्य आगामी जेठ ५ गतेसम्म थप गरेको छ । असहाय, मजदुर, गरिब, सडक मानव एवं पैदलयात्रुका लागि बिहान–बेलुका दुई छाक निःशुल्क खानाको व्यवस्था नगरपालिकाले गर्दै आएको छ ।
नगर क्षेत्रभित्रको कमेरोटारस्थित एभरेष्ट पार्टी प्यालेस, थिमिको बाहाखा बजारस्थित बोडेको सिन्टीटार र नगदेशको शुभश्री बैङ्क्वेटमा निःशुल्क खाना वितरण गर्ने कार्यलाई निरन्तरता दिइएकोे नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
पहिलो चरणको राहत वितरण सम्पन्न गरेपछि यही वैशाख ११ देखि २५ गतेसम्मका लागि सञ्चालन गरेको निःशुल्क खाना वितरण गर्ने कार्य लकडाउन अवधिभर जारी राख्ने गरी जेठ ५ गतेसम्म थप गरिएको उहाँले बताउनुभयो । सो नगरपालिका सहित नगरवासीका विभिन्न दाता, सङ्घसंस्था, शैक्षिक निकाय, सहकारी एवं व्यक्तिगतरूपमा नगद एवं खाद्यान्न सहयोग प्राप्त भइरहेको जानकारी दिँदै उनले दैनिक बिहान र बेलुका गरेर आठदेखि १० हजार व्यक्तिलाई खाना खुवाइरहेको बताए।
नगरपालिकाले पहिलो चरणमा सात हजार ५२८ परिवारलाई रु ७४ लाख ४८ हजार ४४९ बराबरको राहत वितरण गरेको थियो । नगरप्रमुख श्रेष्ठ भन्छन्, “अहिलेको विषम परिस्थितिमा आफ्ना नगरपालिकामा कोही भाकै बस्नु नपरोस् भन्ने नीति लिएर नगरपालिकाले कार्यपालिकाको निर्णयअनुसार नै सबै वडामा राहत वितरण सम्पन्न गरेका छौँ, आफ्नो नगरपालिकाभित्र कोही पनि भोकै नपरुन् भनेर नगरपालिकाका सबै जनप्रतिनिधिको चाहनाअनुसार सामूहिक मेस सञ्चालन गरेर विभिन्न ठाउँमा निःशुल्क खाना खुवाइरहेका छौँ ।”
नगरपालिकाले सञ्चालन गरेको सामूहिक मेसमा अधिकांश कोठाभाडामा बस्ने विपन्न, गरिब र मजदुर एवं उनीहरुका परिवारले लाभ लिइरहेका छन् । नगरपालिकाले एक जना लाइन बसे पनि परिवार सङ्ख्याका आधारमा सिङ्गो परिवारलाई नै खाना वितरण गर्दै आएको छ । एक जनाले दुईदेखि पाँच जनासम्मका लागि खानाको प्याकेट लिएर जाने गरेका छन् ।
सामूहिक मेसमा सो नगरपालिकाका बासिन्दा मात्रै नभइ चाँगुनारायण नगरपालिकाभित्र सञ्चालित केही इँटाभट्टामा रहेका करिब मजदुरले पनि लाभ लिइरहेका छन् । नगरपालिकाले सञ्चालन गरेको मेसमा आउने जोकोहीलाई खाना वितरण गर्ने गरिएको छ । उनले भने, “लकडाउन लम्बिएकाले खाना खुवाउने कार्यक्रम पनि लम्बिएको छ, लकडाउनभरि खाना खुवाउँछाँै, हामीले नगरवासीलाई मात्रै होइन, भोकै बसेका वा बस्नुपर्ने अवस्था आएका जोसुकै व्यक्ति आए पनि खाना दिन्छाँै, कोही भोकै बस्नु पर्दैन ।”
नगरपालिकाका वडा, यहाँका बासिन्दा र विभिन्न सङ्घसंस्थाले पनि सामूहिक मेस सञ्चालनमा सघाइरहेका छन् । मानवीय आस्था नेपाल, शिक्षा विकास सञ्जाल, मध्यपुर प्याब्सन, बिभिन्न सहकारी, व्यक्तिलगायत विभिन्न निकायले खाना खुवाउने कार्यका लागि नगद तथा खाद्यान्न सहयोग गरिरहेका छन् । स्थानीय दाताले पनि खाद्यान्नदेखि तरकारी सहयोग गरेको बताउँदै नगरप्रमुख श्रेष्ठ खाना बनाउनदेखि खुवाउन थिमिका टोलटोलबाट महिला, पुरुष स्वयंसेवकका रूपमा सहयोग गरिरहेको बताए।
अपाङ्गता, असहाय र अतिगरिब परिवार रहेको खबर आउनासाथ सम्बन्धित वडा कार्यालयले घर–कोठामै लगेर खाद्यान्न वितरण गर्ने कार्य जारी राखेको छ । कोही भोकै भए वा खाद्यान्न अभावमा सङ्कटमा परे वडा कार्यालय वा नगरपालिकालाई खबर गर्नसमेत आह्वान गरिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: