सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको लडाईमा चिकित्सकको भूमिका महत्वपूर्ण रहेको बताए । कर्णाली प्रदेश अस्पतालको अवस्था बुझ्न पुग्नुभएका मुख्यमन्त्री शा आज चिकित्सकसँग अन्तरक्रिया गर्दै उनीहरुको भूमिकाबाट नै कोरोनाविरुद्धको लडाँइ जित्न सकिने बताए । “विश्व महामारीका रुपमा फैलिएको यो प्रकोपविरुद्धको लडाईमा तपाईको भूमिका अग्रभागमा छ,” उनले भने, “उच्च मनोबलका साथ काम गर्नुस्, प्रदेश सरकार यहाँहरुको साथमा छ ।”
प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत आम नागरिकको उच्च सावधानीसहितको भूमिकाले कोरोना भाइरसविरुद्धको लडाईमा हालसम्म जीत हाँसिल भइरहेको जनाउँदै मुख्यमन्त्री शाहीले आगामी चुनौति सामनाका लागि उच्च मनोबल बनाएर काम गर्न चिकित्सकलाई निर्देशन दिए । उनले अगाडि भने, “कोरोनाले निम्त्याएको सङ्कट हल गर्न प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पठाउने निर्णय गरेको छ, तपाईले हरेक टवडामा पुगेर कोरोना भाइरसबारे सचेतना जगाउनुका साथै विभिन्न ठाउँबाट भित्रिएका नागरिकको प्रतिनिधित्व हुनेगरी स्वाब सङ्कलन गरेर कोरोना परीक्षणमा तीव्रता दिनुपर्छ ।”
चिकित्सको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री शाहीले उनीहरुका लागि प्रदेश सरकार गम्भीर रहेकाले चिकित्सकलाई निराश हुन नदिन व्यक्तिगत सुरक्षा सामग्री र प्रोत्साहन भत्ताको व्यवस्थापन गरिएको विश्वास दिलाए । उनका अनुसार प्रदेश सरकारले कर्णालीमा प्रवेश गर्ने नाकामा अझै पनि लकडाउन कडाई गर्ने र परीक्षणपश्चात् कोरोना देखिएको क्षेत्रलाई सिल तथा नदेखिएको क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउने योजना बनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: