जाजरकोट । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका वनहरुमा यार्सागुम्बा चोरी गर्ने पुगेका छन् । निकुञ्जले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएको छ । कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि भन्दै निकुञ्जले आधिकारिक निर्णय र सूचना जारी गर्दै यार्सागुम्बा सङ्कलनमा रोक लगाएको हो तर यार्सा पाउने पाटनहरुमा चोरहरु पुगेपछि स्थानीयवासी त्रसित भएका छन् ।
निकुञ्जको ‘कोर’ क्षेत्रमा पर्ने कुनासा पाटनमा जुम्लाका २४ जनाभन्दा धेरै मानिस यार्सा चोरी गर्न आएपछि स्थानीयवासी त्रसित भएको पुग्मोका स्थानीयवासी धावा लामाले जानकारी दिए । धावाले भने, “हामी कोरोनाकै डरले सरकारको निर्णय मानेर घरमा बसेका छौँ तर जुम्लाका मान्छेले पाटनमा यार्सागुम्बा चोरी गरिरहेका छन्, यो न्यायसङ्गत भएन । तत्काल सुरक्षाकर्मी खटाइदिनुपर्ने भयो ।”
यार्सागुम्बा चोरीभन्दा पनि जुम्लाका मानिस भागेर आएको र उनीहरु भारतबाट सिधै डोल्पाका पाटनमा पुगेको भन्ने सूचना आएकाले स्थानीयवासी डराएको धावाले बताए । चौँरी गोठाला गएकी धावासाङमु लामाले यार्सा चोरी गरिरहेको देखेपछि डरले भागेर घर आएको बताए । धावासाङमुका अनुसार गोठमा राखिएका आलुसमेत खाएको र यार्सा चोरी गरिरहेकाले डरले भागेर चौँरी उतै छाडी घर आएको बताए ।
पुग्मो गाउँको उवा, आलु, गहुँ लगाउने कुनासामा यो वर्ष कोरोनाकै कारण डरले स्थानीयवासीले जेठ २ गतेसम्म नजाने निर्णय गरेका छन् । एकातिर कोरोनाको डर अर्कोतिर चोरको डरले स्थानीयवासी घर बाहिर निस्कन नसकेको धावाले बताए ।
यता निकुञ्जक प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भने सुरक्षाकर्मी पुगिसकेकाले स्थानीयवासीलाई त्रसित नहुन आग्रह गरेका छन् । पौडेलले भने, “हामीले सबैतिर सुरक्षा खटाइरहेका छौँ, वनको संरक्षण गर्ने जिम्मा निकुञ्जको हो स्थानीयवासीले पनि साथ दिनुहोस् ।”
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा १७ मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका १० नाकामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गर्ने भने पनि हालसम्म सबै क्षेत्रमा नपठाएको स्थानीयवासीको आरोप छ । निकुञ्ज र मध्यवर्तीका जगदुल्ला नाका, त्रिपुरासुन्दरी नाका, धो नाका, सुम्दुहानाका, रिग्मो नाका, रह नाका र मुगुको डोल्फु नाका सिल गरी सुरक्षाकर्मी राख्ने भएको छ ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रका पाटनहरुमा यार्सागुम्बा चोरी गर्न गए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कानूनी कारवाही हुने संरक्षण अधिकृत पौडेलले जानकारी दिए तर स्थानीयले नियम पालना गरिरहेको बेलामा बाहिर जिल्लाका मानिस चोरीका लागि पाटनमा पुगिसकेका छन् । जिल्लामा यार्सागुम्बा पाउने पाटनमा करिब ७० प्रतिशत क्षेत्र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य बाँकी वनअन्तर्गत पर्दछन् । निकुञ्ज र वनमा हरेक वर्ष सरदर ४० हजारभन्दा धेरै मानिस यार्सागुम्बा सङ्कलनमा जाने गर्छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: