Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

काठमाडौंको भित्री सहर जहाँ बेवास्तामा परेको छ लकडाउन

काठमाडौं। सुरक्षाकर्मीको भ्यान कोरोना भाइरसबारे सचेत गराउँदै माइकिङ गर्दै दौडिरहेको हुन्छ । टाढैबाट सुरक्षाकर्मी आएको थाहा पाउने व्यापारी प्लास्टिकका झोलामा सामान बोकेर भित्री गल्लीतिर सुटुक्क छिर्छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सामान किन्न आएका मानिस पनि उनीहरूकै पछाडि लाग्छन् । सुरक्षाकर्मी टोलबाट बाहिरिएको केही सेकेन्ड नबित्दै फेरि सबै बाहिर निस्किन्छन् । पलभरमै भिडभाड उस्तै हुन्छ ।

काठमाडौंका भित्री सहर मानिने लगन, यंगाल, जैसीदेवल, चिंकमुगल, काष्ठमण्डप, यट्खा, नरदेवी, न्ह्योखा, न्हैकन्तला, त्यौंड, असन, भेडासिंह, क्षेत्रपाटी, डल्लु, ढल्कोलगायत क्षेत्रमा दिनभर प्रहरी र स्थानीयवासीबीच यस्तै लुकामारी चलिरहन्छ ।

‘सावधान गराउने उद्देश्यले माइकिङ गर्छौँ, हामी आउँदा सडकमा कोही हुँदैनन्,’ बाँगेमुढामा माइकिङ गर्दै गरेका एक सुरक्षाकर्मीले भने, ‘कसैलाई बाटोमा भेटेर सोध्दा पसल गएर आएको भन्छन्, जतिवेलै पसल जानुपर्ने रु माइकिङको मतलव नै राख्दैनन् ।’

भित्री सहरका बासिन्दाको दैनिकी देख्दा उनीहरूलाई कोभिड–१९ को महामारी डेंगु रोगजस्तै लागेको आभास मिल्छ । त्यसैले त उनीहरू मर्निङ र इभिनिङवाकमा निस्केकै छन् । दिउँसो पनि स्वतन्त्र भएर हिँडेकै छन् ।

त्यसो त, टोल–टोलका क्लबहरूले पनि अनावश्यक भिड नगर्न सचेत नगराउने होइनन् । टोल–टोलमा क्लबहरूले झुन्ड्याएका ब्यानरमा लेखिएको छ– ‘कोरोना भाइरस चलिरहेको वेला अपरिचित व्यक्तिलाई प्रवेश निधेष छ ।’ कोही अपरिचित व्यक्ति देखे भने क्लबका स्वयंसेवकहरूले फर्काउने पनि गरेका छन् । तर, लकडाउनको उल्लंघनमा टोलकै मानिस अग्रसर देखिन्छन् ।

टाढैबाट सुरक्षाकर्मी आएको थाहा पाउने व्यापारी र उपभोक्ता आ–आफ्ना सामान लिएर गल्लीतिर दगुर्छन् । सुरक्षाकर्मी टोलबाट बाहिरिनासाथ सबै बाहिर निस्किन्छन् । पलभरमै भिडभाड उस्तै हुन्छ ।

पसल जाने बहानामा अर्को टोलका मानिस पनि सुरक्षाकर्मी र स्वयंसेवकको आँखा छल्दै ओहोरदोहोर गरिरहेकै हुन्छन् । ‘जति सम्झाए पनि बजार आउनेहरू मान्दै मान्दैनन्,’ भेडासिंह चोकमा स्वयंसेवक खटिएका राजाराम महर्जन भन्छन्, ‘कोरोनाबारे सम्झाउँदा सम्झाउँदै दिक्क भइसक्यौं, कुरा बुझ्न खोजे पो १’

काष्ठमण्डपदेखि लगनसम्मको दैनिकी यस्तै छ । सडक किनारमा दर्जनौँ खुद्रा व्यापारी भौतिक दूरी नराखी पसल थापेर बसेका छन् । बटुवाहरूलाई ‘प्याज किलोको ४० रुपैयाँ, गोलभेडा किलोको ४५ रुपैयाँ’ भनिरहेकै हुन्छन् ।

‘दैनिक खानैर्पयो, पसल नराखी के गरुँ,’ तिनैमध्येकी एक कृष्णमाया तामाङ भन्दै थिइन् । लकडाउनअघि उनी कपडाको व्यापार गर्थिन् । लकडाउनले उनको व्यापार नै फेरिएको छ, अहिले ‘तरकारी साहुनी’ बनेकी छिन् ।

कोरोना भाइरस टोलसम्म नआइपुगोस् भनेर कामना गरिरहेका चिंकमुगलका अशोक राजवंशी भिडभाड देख्दा दिक्क मान्छन् । भन्छन्न्, ‘स्थानीय क्लबका साथीहरूले भिडभाड नगर्नु भन्दा पनि कसैले मान्दैनन्, साँझ–बिहान त किनमेल गर्नेको भिड हुन्छ ।’ व्यापारी र उपभोक्ताले महामारीको बेवास्ता गर्दै भौतिक दूरी पालना नगरिरहेको उनी बताउँछन् ।

मानिसले एक हात टाढासम्म नबसी किनमेल गरिरहेको र सडकमा हिँडिरहेको देख्दा लगन टोलका रामवीर ताम्राकार पनि चिन्तित छन् । ‘हामीले भौतिक दूरी राखेर पसल खोल्नु र भिडभाड नगर्नु भन्यौँ, तर नियम पालना भएकै छैन,’ उनी भन्छन्, ‘कतिपयले त मास्क पनि लगाएका हुँदैनन् ।’

‘हामीले भौतिक दूरी राखेर पसल खोल्नु र भिडभाड नगर्नु भन्यौँ, तर नियम पालना भएकै छैन । कतिपयले त मास्क पनि लगाएका हुँदैनन् ।’

ढल्को क्षेत्रको दृष्य पनि यसभन्दा फरक कहाँ छ र १ मानिस सडक–पेटीमा बसेर गफिइरहेको देखिन्छन् । ‘दिनभर घरमै बस्छु, साँझ परेपछि चोकमा निस्किने हो,’ ढल्कोका सुरेश महर्जन भन्छन्, ‘वरिपरिका साथी भेला भएर साँझको समय बिताउँछौँ ।’ महर्जन र उनका साथी मौका पाउँदा विजेश्वरी मन्दिर र सोह्रखुट्टेसम्म पुग्ने गर्छन् ।

विश्वभर फैलिएको महामारीप्रति मानिसलाई चिन्ता नभएकामा यट्खा टोलका प्रवीन प्रधान अनौंठो मान्छन् । भन्छन्, ‘सुरक्षाकर्मीले कोभिड–१९ बाट बच्नुस् भन्दै माइकिङ गरिरहेका हुन्छन्, तर कसैले नियम पालना नै गर्दैनन् ।’

भित्री सहरलाई सुरक्षित बनाउन २४सै घन्टा सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने उनी सुझाउँछन् । ‘टोलको एउटा व्यक्तिमा संक्रमण भए छिनभरमै पूरै टोलमा फैलिन सक्छ, सबैलाई थाहा भएकै कुरा हो,’ उनी भन्छन्, ‘कसैले नियम पालना नगर्ने हो भने सुरक्षा गतिविधि कडा पार्नुको विकल्प छैन ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE