भक्तपुर । सिङ्गो नगरपालिकाको सम्पूर्ण विषय समेट्ने गरी नक्सा तयार पार्न मध्यपुरथिमि नगरपालिकाले ड्रोनबाट सर्वेक्षण एवं नक्साङ्कन कार्य सम्पन्न गरेको छ । लकडाउनको सदुपयोग गर्दैै नगरपालिकाले दुई दिन ड्रोन उडान गरी नगरपालिकाको सबै वस्तुचित्र आउने गरी आकाशमा ड्रोन उडाएर डिजिटल नक्साङ्कन कार्य सम्पन्न गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
नगर प्रमुख श्रेष्ठले भने “नगरपालिकाको जिपिएस लोकेशन लिने काम भएको छ, यसबाट नगरपालिकाभित्र रहेको सम्पूर्ण घर, स्कूल, मठमन्दिर, पोखरी, सडक, जङ्गल, भीरपाखो, जमीन, जग्गा प्लटिङदेखि सबै भौतिक संरचना ड्रोन क्यामराले खिचेर नक्सा तयार पारेको छ ।”
ड्रोनमा दुई वटा अत्याधुनिक क्यामरा जडान गरी नक्साङ्कन गर्ने काम भएको जानकारी दिँदै उनले डिजिटल नक्सा तयार भएपछि कसैको घरमा पुग्नुपर्दा फोन नम्बर हान्दा घरको ढोकामै पुग्न सकिने बताए । यसबाट नगरपालिकाको सबै क्षेत्रफल र यहाँका भौतिक संरचना डिजिटल नक्सामा उत्रिएको छ । डिजिटल नक्साले नगरपालिकाले आगामी दिनमा सहजरुपमा योजना बनाउन सक्ने, विपद् व्यवस्थापनमा अग्रिम तयारी एवं सहज हुने र नगरपालिकाको विकासमा टेवा पुग्ने अपेक्षा लिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: