कैलाली । कैलालीको जानकी गाउँपालिकाबाट आठ ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले आठ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको हो ।
कैलालीको जानकी गाउँपालिका–८ भोक्सीबाट उनीहरुलाई मङ्गलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ पर्नेमा जानकी–६ सुवर्णपुरका ३० वर्षीय दीपक विक, जानकी–८ भोक्सीका २० वर्षीय राजेश थापा र टीकापुर–१ का २९ वर्षीय नेत्रबहादुर हमाल रहेका छन् । उनीहरुको साथबाट प्रहरीले से४प ५४४७ नंको मोटरसाइकलसमेत बरामद गरेको छ ।
टीकापुर प्रहरीले पक्राउ परेका तीनै जनालाई जिल्ला चलान गरेको छ । प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले पक्राउ परेका उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरको अवस्था हेरी कसुरदारलाई पाँचदेखि १० वर्षसम्म कैद र रु पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने प्रावधान रहेको जानकारी दिए।
भट्टले पछिल्लो समय प्रहरीले लागुऔषध ओसारपसार र सेवन नियन्त्रणमा कडाइ गरेको बताए। प्रहरीले बालबालिका तथा युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन विद्यालयस्तरमा र टोलटोलमा जनचेतना जगाउन जनचेतनामूलक कार्यक्रम गर्ने गरेको छ । “हामीले हजारौँ विद्यार्थीलाई लागुऔषध दुव्र्यसनबाट कसरी बच्ने भन्नेबारे जनचेतना फैलाएका छौँ”, प्रहरी नायब उपरीक्षक भट्टले भने, “हरेक बस्ती–बस्तीमा समेत कार्यक्रम गर्ने गरेका छौँ, दुव्र्यसनी न्यूनीकरणका लागि अभिभावकलाई सचेत बनाउने अभियान हो ।”
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: