पर्सा । पर्साको वीरगञ्ज क्षेत्रमा तीव्ररुपमा कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यहाँबाट उदयपुर भित्रिने दैनिक उपभोग्य वस्तुका कारण कोरोना सङ्क्रमण बढ्ने खतरा देखिएको छ ।
वीरगञ्ज क्षेत्रबाट ढुवानी हुने अधिकांश दैनिक उपभोग्य वस्तुका कारण उदयपुरमा कोरोना सङ्क्रमणको खतरा झनै बढ्न सक्ने भन्दै यहाँका व्यापारी र नागरिक समाजले तत्कालका लागि वीरगञ्जबाट उपभोग्य वस्तु ढुवानीमा रोक लगाउनु पर्ने बताएका छन् ।
अहिले तीन महिनासम्मका लागि खाद्यान्न बाहिरबाट आपूर्ति गर्नुपर्ने अवस्था नरहेको भएतापनि तेल, चिनी, दालसहित अन्य उपभोग्य वस्तु बाहिरबाट आपूर्ति गर्नुपर्ने अवस्था रहेको र आपूर्ति हुने अधिकांश दैनिक उपभोग्य वस्तु पर्साको वीरगञ्जबाट आपूर्ति हुने हुनाले तत्काल वीरगञ्जबाट कुनै पनि उपभोग्य वस्तु आपूर्ति गर्न नहुने धारणा उनीहरुको छ ।
गाईघाटका व्यापारी कुमार घिमिरेका अनुसार अहिले उदयपुरमा खाद्यान्न बाहिरबाट तत्काल आपूर्ति गर्नुपर्ने अवस्था नभए पनि अन्य उपभोग्य वस्तु आपूर्ति गर्नुपर्ने अवस्था रहेको र ती सबै पर्साको वीरगञ्जबाट आपूर्ति हुने गरेका कारण अब उदयपुरमा कोरोना सङ्क्रमण झनै बढ्ने खतरा रहेको बताए। उनले भने, “अब वीरगञ्ज क्षेत्रबाट उपभोग्य वस्तु आपूर्ति तत्कालका लागि बन्द गर्नुपर्छ र आवश्यक परे यसको विकल्प खोज्नुपर्छ, नत्र उदयपुर कोरोनाको सङ्क्रमणमा झनै फस्ने अवस्था आएको छ, तत्काल वीरगञ्जबाट वस्तु आपूर्ति बन्द गर्नुपर्छ ।”
त्रियुगा उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष भरत राईका अनुसार अहिलेसम्म वीरगञ्जबाट उदयपुरमा ८० प्रतिशतभन्दा बढी उपभोग्य वस्तु आपूर्ति हुने गरेको र अब त्यस क्षेत्रमा कोरोना सङ्क्रमण तीव्ररुपमा बढेकाले तत्काल आपूर्ति बन्द गरेर विकल्प खोज्नुपर्ने बताए।
मानव अधिकारकर्मी महिला अभियन्ता महेश्वरी राईले अहिलेसम्म वीरगञ्जबाट दैनिक उपभोग्य वस्तु आपूर्ति हुने गरेको भए पनि अब तत्कालै बन्द गरेर यसको विकल्प खोज्नुपर्नेमा जोड दिए । यस्तै गाईघाटकै व्यापारीद्वय सीताराम ढकाल र दुर्गा पौडेलले तत्काल वीरगञ्जबाट उपभोग्य वस्तु आपूर्ति बन्द गरेर विकल्प खोज्नुपर्ने धारणा व्यक्त गरे।
नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्काले भने, “अहिलेसम्म उदयपुरको भुल्केमा मात्र कोरोना सङ्क्रमण रहेको छ, बाँकी जिल्लाका सबै स्थान सुरक्षित देखिएको छ, अब वीरगञ्जबाट ढुवानी गरिएका वस्तु खुल्ला उपभोग गर्ने हो भने जिल्लाका सबै उपभोक्ता र व्यापारी कोरोना सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना छ । त्यसैले यस तर्फ सम्बन्धीत निकायले बेलैमा ध्यान दिउन् ।”
उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भने, “अहिले उदयपुरमा ८० प्रतिशत उपभोग्य वस्तु वीरगञ्जबाट भित्रिने गरेका छन्, त्यस क्षेत्रमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढ्दै गएपछि अब वीरगञ्जबाट वस्तु ढुवानी गर्ने कुरा हाम्रा लागि चिन्ताको विषय भएकाले यसको विकल्प खोज्नेबारे प्रशासनले अध्ययन शुरु गरेको छ ।”
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: