Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा

काठमाडौं, । वैशाख ३० गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना भाइरस पोजेटिभ भेटियो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - ६ वर्षीया ती बालिकामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै अस्पतालका चिकित्सकलगायत ३६ जनाभन्दा बढी स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् । अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाका अनुसार, ती बालिकालाई गणेशमान भवनमा सारी आइसोलेसन क्याबिनमा उपचार भइरहेको छ ।

कपिलवस्तुकी ती बालिकाको सम्पर्कमा आएका सबैको स्वाब ९पीसीआर० परीक्षण गरिने भएको छ । कपिलवस्तुकी ती बालिकामा घाँटी दुखेको समस्या लिएर आएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

गत २९ वैशाखमा सुनसरीको झुम्काबाट भक्तपुर आएकी युवतीमा कोरोनाको संक्रमण पाइयो। आरोग्य फाउन्डेसनमा कार्यरत ती युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।

२९ वैशाखमै कन्चनपुरबाट काठमाडौं आएकी काठमाडौं चन्द्रागिरिकी महिलाको स्वाब परीक्षणमा कोरोना भाइरस पोजेटिभ पाइयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बिहीबार काठमाडौंका ३२ वर्षीय युवामा पनि कोरोना भाइरस पोजेटिभ पाइएको छ ।

चैत ११ गते सरकारले लकडाउन घोषणा गरे पनि काठमाडौंमा आवागमन रोकिएको छैन । थानकोट, फर्पिङ, जगातीलगायत नाकाबाट छिर्ने क्रम बढेपछि उपत्यकावासी असुरक्षित महसुस गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेल भन्छन्, ‘लकडाउन घोषणा नाम मात्रको छ । पीसीआर परीक्षणको दायरा बढाउने हो भने उपत्यकामै संक्रमितको संख्या बढ्ने निश्चित छ ।’

सबै उमेर समूह खतरामा स् डा। देवकोटा

प्रवक्ता डा। देवकोटाले सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणको खतरा रहेकाले सचेत रहन आग्रह गरेका छन् । मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा डा। देवकोटाले सचेत रहन आग्रह गरेका हुन् । ‘संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन् । सबै उमेर समूहका व्यक्तिलाई संक्रमण हुन सक्छ, सबैलाई सचेत र सजग रहन आग्रह गर्दछौँ,’ डा। देवकोटोले भने ।

उनका अनुसार हालसम्म संक्रमितको संख्या २ सय ४६ पुगेको छ । यसमा एक सय ९८ पुरुष, ४८ महिला छन् । संक्रमितमध्ये ३५ जना निको भएपछि घर फर्किसकेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर २२ हजार ६ सय ६४ नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ सय ६३ जनाको नमुना संकलन भएको छ । नेपालमा माघ १४ गतेदेखि पीसीआर परीक्षण सुरु गरिएको थियो ।

द्रुत परीक्षण किट आरडीटी विधिबाट अहिलेसम्म ६२ हजार तीन सय २७ नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा दुई हजार आठ सय आरडीटी परीक्षण गरिएको छ । आरडीटीको परीक्षण चैत १९ गतेबाट सुरु भएको हो । अहिलेसम्म क्वारेन्टाइनमा १५ हजार ६ सय छन् ।

आइसोलेसनमा उपत्यकामा ६ र उपत्यकाबाहिर २ सय ६६ गरेर कुल २ सय ७२ व्यक्ति छन् ।
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न घोषित लकडाउनको उल्लंघन गर्दै उपत्यका छिर्ने क्रम बढेसँगै संक्रमितको संख्यामा वृद्धि भएको छ । तुलनात्मक सुरक्षित ठानिएको काठमाडौं उपत्यको संक्रमणको चपेटामा परेकाले सजग हुन विज्ञहरूले सुझाएका छन् ।

परीक्षणको दायरा बढाऊ : सर्वोच्च

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार पीसीआर परीक्षणको दायरा विस्तार गर्न अन्तरिम आदेश दिएको छ ।

हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आमनागरिकको जीवन रक्षा गर्नुपर्ने भएकाले तत्काल पीसीआरको परीक्षण दायरा बढाउनेतर्फ र सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्न अन्तरिम आदेश दिएको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending