काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले आज भक्तपुरमा क्रियाशील पत्रकारको कोरोना परीक्षण गरेको छ । नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा आज भक्तपुरका २६ पत्रकारको स्वाब सङ्कलन गरिएको हो । अस्पतालले कोरोना परीक्षणका लागि स्थापना गरेको ‘पोलिमराइज चेन रिएक्सन’ पिसीआर मेसिनसहितको ल्याबमा स्वाब परीक्षण गर्ने मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
आवश्यक सम्पूर्ण पूर्वाधार पूरा गरे पनि यो ल्याबमा कोरोना परीक्षणका लागि आधिकारिक स्वीकृति नदिएकामा आपत्ति जनाउँदै उनले अहिलेको जटिल परिस्थितिमा पनि विभिन्न बाहना बनाएर ल्याब सञ्चालनमा आधिकारिक स्वीकृति नदिनु गलत भएको बताए ।
यद्यपि नगरपालिकाले नगरपालिकाका जनप्रतिनिधि र पत्रकारको स्वाब भने सङ्कलन गरेर परीक्षण गरेको छ । गत बुधबार स्वाब सङ्कलन गरेको ७० जना जनप्रतिनिधिको रिपोर्ट नेगेटिभ आएको र आज बाँकी जनप्रतिनिधि स्वाब सङ्कलन गरिने बताए । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले जिल्लामा कार्यरत २८ क्रियाशील पत्रकारको स्वाब सङ्कलन गरेको जानकारी दिए। उनले भक्तपुरका पत्रकारका लागि सुरक्षाका सामग्री आवश्यक भएकाले त्यस्ता सामग्री उपलब्ध गराउन सरकारसँग माग गरे ।
त्यसैगरी सुनसरीबाट भक्तपुरको मध्यपुरथिमि शङ्खधर चोकमा नर्स साथीकामा आएर बसेकी कोरोना भाइरस सङ्क्रमित युवतीको सम्पर्कमा आएकी नर्सको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सको कोठामा गत २९ गते आएर बसेकी आरोग्य फाउण्डेशनमा कार्यरत युवतीलाई कोरोना सङ्क्रमण भेटिएपछि नर्सको भक्तपुर अस्पतालको आइसोलेसनमा राखेर स्वाब परीक्षण गरिएको थियो ।
रिपोर्ट नेगेटिभ आए पनि नर्सलाई आगामी एकसाता आइसोलेसनमै राखेर पुनः स्वाब परीक्षणका लागि पठाउने सुपरिटेन्डेन्ट डा गौतमले जानकारी दिए । त्यसपछि पनि रिपोर्ट नेगेटिभ आएपछि मापदण्डअनुरुप क्वारेन्टाइनमा बस्नुपर्नेछ । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका सात जनालाई क्वारेन्टाइन र तीन जनालाई आइसोलेसनमा राखेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
परिसरका प्रहरी उपरीक्षक सविन प्रधानले गत ३० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएका चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने सशस्त्र प्रहरी २७ वर्षीय युवककी पत्नी, छोरा, घरमा डेरा बस्ने दुई, छिमेकी र हजाम दुई गरी सात जनाको परीक्षण गरेर क्वारेन्टाइनमा राखेको जानकारी दिए। सुनसरीबाट आएर मध्यपुरथिमिमा नर्सको कोठासँगैको एक, एम्बुलेन्समा लिन आएका दुई जनालाई आइसोलेसनमा र सुनसरी रामधुनी घरमा १९ र सुनसरीबाट युवतीमा ल्याउने मोटरसाइकल चालकलाई क्वारेन्टाइनमा राखेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: