ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन हुने स्वास्थ्य कार्यक्रमका लागि सरकारले समयमै भुक्तानी नगरे पनि महानगरपालिकाले बीमाको रकम तिर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव समारोहमा बोल्दै मेयर महर्जनले संघीय सरकारले बीमा रकम भुक्तानी नगरेका कारण अस्पताल सञ्चालनमा कठिनाइ नआओस् भनेर महानगरले आवश्यक कदम चाल्ने बताएका हुन्। उनले भने, “पाटन अस्पतालकै सुझाव र सल्लाहअनुसार फ्यासिलिटीहरू इन्स्टल गरिएको अर्को स्वास्थ्य केन्द्र निर्माण भइरहेको छ। निकट भविष्यमा यो स्वास्थ्य केन्द्र खोल्ने तयारीमा छौं। यसपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठान अन्तर्गत हामीले थप प्रभावकारी सेवा प्रवाह गर्न सक्नेछौं।
महानगरपालिकाले आवश्यक परेको खण्डमा बीमा भुक्तानी गर्ने स्पष्ट संकेत दिँदै मेयर महर्जनले थप भने, ‘पाटन अस्पताललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिनुहोस्। कथं कदाचित नेपाल सरकारले अहिलेको निमित्त ललितपुर महानगरपालिकाले यो भुक्तानी गरिदिनोस् भने म चाहिँ भुक्तानी गरिदिन्छु। जे पर्ला पर्ला।’
स्वास्थ्य क्षेत्रका अधिकारीहरूले भने, संघीय सरकारले बीमा शुल्क अस्पताललाई समयमा तिर्न नसक्दा सेवा प्रभावित हुन थालेको छ। कतिपय अस्पतालले भने बीमा कार्यक्रम नै स्थगित गरेका छन्। यसैबीच, स्वास्थ्य बीमा बोर्डले बीमा रकम सुनिश्चित नभएको कारण यस अघि दिइरहेको १ लाख रुपैयाँसम्मको भुक्तानी सीमा घटाएर फागुन १ गतेदेखि २५ हजार रुपैयाँ मात्रै गर्ने निर्णय गरेको छ।
विशेषज्ञहरूले जनस्वास्थ्य सेवामा यसरी अवरोध आउँदा लाभग्राहीको पहुँच र सेवा प्रभावकारितामा असर पर्न सक्ने चेतावनी दिएका छन्। पाटन अस्पतालले पनि समयमै भुक्तानी नपाउँदा संचालनमा चुनौती आउन सक्ने जनाएको छ।
महानगरपालिकाको यस कदमले प्रदेश र संघीय सरकारबीचको समन्वय अझ महत्वपूर्ण बन्ने देखिएको छ। स्वास्थ्य कार्यक्रमका लागि जनताको पहुँच र सेवाको निरन्तरता सुनिश्चित गर्न स्थानीय तहले अग्रसर हुनुपर्ने अवस्था सिर्जना भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: