काठमाडौं। संसदीय दलको बैठक नबस्ने भएपछि नीति तथा कार्यक्रम पास गराउन सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरूसँग बेग्लाबेग्लै छलफल गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ( प्रमुख प्रतिपक्षी कांग्रेसले नीति तथा कार्यक्रमको कडा आलोचना गर्ने गरी शनिबार तयारी गरेपछि प्रधानमन्त्री ओलीले पनि प्रधानमन्त्रीनिवास बालुवाटारमा केही सांसदहरूसँग स–साना समूहमा अलग–अलग छलफल गरेका छन् । पार्टीभित्रबाट सकेसम्म असहयोग नहोस् भन्ने प्रधानमन्त्री ओलीको चाहना छ ।
प्रतिनिधिसभामा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्मा, प्रमुख सचेतक खिमलाल भट्टराई, सांसद टोपबहादुर रायमाझीलगायतका नेताहरूसँग प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमबारे सांसदहरूले राख्नुपर्ने धारणामा केन्द्रित रहेर परामर्श गरेका हुन् । पार्टीभित्र पर्याप्त छलफल नभई नीति तथा कार्यक्रम आएकोमा नेकपाका नेताहरू असन्तुष्ट छन् ।
उता, वरिष्ठ नेता माधवकुमार नेपालले पनि नीति तथा कार्यक्रमका साथै पार्टीभित्रको पछिल्लो अन्तरविरोधलगायतका विषयमा केन्द्रित रहेर स्थायी समिति सदस्यसमेत रहेका सांसद रायमाझीसहित स्थायी समिति सदस्य देवेन्द्र पौडेल र मणि थापासँग कोटेश्वरमा परामर्श गरेका छन् ।
दुवै छलफलमा सहभागी भएका सांसद रायमाझीले प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि केन्द्रित रहेर सुझाब लिएको बताए ।
‘नीति तथा कार्यक्रममाथि सुझाब लिन आन्तरिक छलफलका लागि बोलाउनु भएको हो, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालले पनि त्यसरी नै बोलाउनु भएकाले छलफल भएको छ,’ रायमाझीले भने, ‘दलको बैठक बस्ने परिस्थिति नभए पनि सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रै रहेकाले त्यसउपर संसद्मा छलफल भएर पास गर्ने विषयमैै केन्द्रित रहेर छलफल भएको हो ।’
वरिष्ठ नेता नेपालले भने पार्टीभित्र संस्थागत विधि र प्रक्रियालाई लत्याउने क्रम बढेको भन्दै पार्टीलाई एकताबद्ध ढंगले कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित रहेर पनि नेताहरूसँग सुझाब लिएका छन् ।
नेताहरूसँगको छलफलमा नेपालले नीति तथा कार्यक्रम मूल रूपमा ठीकै भए पनि आर्थिक वर्ष्भित्र ठोस रूपमा गर्नेभन्दा पनि यसअघिको समीक्षा र दश–बीस वर्षपछिसम्म गर्न नसकिने खालका विषयसमेत समेटेर भद्दा रूपमा ल्याइएको विचार राखेका थिए ।
त्यस्तै, उनले नीति तथा कार्यक्रमबारे तीनैजना नेताहरूसँग जिज्ञासा समेत राखेका थिए । छलफलमा सहभागी अर्का नेता देवेन्द्र पौडेलले नीति तथा कार्यक्रममाथि समर्थन या विरोधमध्ये एक हुने भएकाले छलफलपछि पारित गर्ने गरी नै कुराकानी चलिरहेको बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: