Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

सैनिक भेषमा सवारी चलाई लकडाउन उल्लङ्घन गर्ने गैरसैनिक नियन्त्रणमा

काठमाडौ । नेपाली सेनाले लकडाउनलाई सफल तुल्याउन र सैनिक भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गर्न खोज्नेलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका चार स्थानका मुख्य चोकमा सैनिक प्रहरी खटाएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, लकडाउनका समयमा सैनिक पोशाक लगाएका व्यक्तिले चलाएका सवारी साधनको ओहोरदोहोर बाक्लो देखिएको भन्ने गुनासो प्राप्त भएपछि सैनिक मुख्यालय जङ्गी अड्डाले जाँच गर्न उपत्यका चार स्थानमा सैनिक प्रहरी खटाइएको हो ।

सेनाले काठमाडौँ उपत्यकाको नयाँबानेश्वर, महाराजगञ्ज, कालिमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइएको छ । सैनिक गैरसैनिकले सैनिक पोशाक लगाएर चलाइएका सवारी साधन नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाउने छ । जाँच गर्ने क्रममा बाँसबारीका राजु कोल्ड स्टोरका सञ्चालक सुशील खड्काले सैनिक पोशाक लगाएर लकडाउनको उल्लघन गरिरहेको अवस्थामा सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको सेनाले जानकारी दिएको छ ।

सैनिक मुख्यालयले कोभिड–१९ को जोखिमबाट सुरक्षित रहन र लकडाउन पालना गर्न अत्यावश्यक व्यक्ति अर्थात् १० प्रतिशत जनशक्तिलाई मात्र आवश्यकतानुसार जिम्मेवारीमा खटाएको छ । सैनिक सङ्गठनभित्र अनुशासन कायम गर्न सैनिक प्रहरीको विशेष भूमिका रहँदै आएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE