Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

कोरोना सङ्क्रमित भेटिएको भक्तपुरका १२ घरका २५ जनाको स्वाब सङ्कलन

\"\"

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं ४ शङ्खधर चोकस्थित कोरोना सङ्क्रमित भेटिएपछि सिल गरिएको बस्तीको १२ घरका २५ जनाको स्वाब सङ्कलन गरिएको छ ।

सुनसरीबाट मोटरसाइकलमा पास बनाएर गत वैशाख २९ गते भक्तपुर आएर मध्यपुरथिमि शङ्खधर चोकस्थित भाडामा बस्ने एक नर्स साथीको कोठामा बसेकी २५ वर्षीया महिलालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि नर्स बसेको घर र आसपासका अन्य घरमा बस्नेको आज स्वाब सङ्कलन गरिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेनाको बीरुदल गण सूर्यविनायकका गणपति कर्णेल शिव पौडेल, सशस्त्र प्रहरी दुवाकोट गणका प्रहरी उपरीक्षक विश्व भट्टराईसहितको संयुक्त सुरक्षा फौजको नेतृत्वमा भक्तपुर अस्पतालको चिकित्सकसहितको प्राविधिक टोली र आरएनए १६ ग्रुपका दुई सदस्यसहितको टोलीले आज स्वाब सङ्कलन गरेको हो ।

बीरदल गणका कर्णेल शिव पौडेलले नर्स बसेको घरमा बस्ने सबै १४ जनाको र बस्तीका ११ घरको ११ जनाको गरी २५ जनाको स्वाब सङ्कलन गरी लगिएको जानकारी दिनुभयो । सुनसरीको रामधुनी नगरपालिका झुम्का स्थायी घर भई भक्तपुरको सल्लाघारीमा बसी ललितपुरको आरोग्य फाउण्डेसनमा कार्यरत महिलाको गत ३० गते टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब सङ्कलन गरी पिसिआर परीक्षणमा कोरोना सङ्क्रमित पाइएपछि २९ गते बास बसेको थिमिस्थित नर्सको कोठा र आसपासका क्षेत्रमा ३१ गते सिल गरिएको थियो । महिला अहिले टेकु अस्पतालको आइसोलेशनमा उपचारमा रहेका छन् ।

सङ्क्रमित महिलासँगै बसेकी शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने उनलाई भक्तपुर अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । थिमिको यो बस्तीमा १२ घरमा सिलबन्दी गरेर बाहिरका मानिस भित्र जान नदिने र भित्रका मानिसलाई बाहिर आउन नदिएको र यो बस्तीबाहेक शङ्खधर चोकबाट दक्षिण बाराही जाने मुख्य सडक, अरनिको राजमार्गको थिमि चोकको सर्भिस ट्र्याक र अन्य आसपास क्षेत्रका अन्य साना सडकमा पनि स्थानीयवासीले बास र्तेस्याएर प्रवेश निषेध टाँसेर आवतजावतमा रोक लगाएका छन् ।

स्वाब सङ्कलनमा आएका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमि क्षेत्रमा कोरोना सङ्क्रमित पाइएपछि यहाँको सबै बस्तीलाई सुरक्षित राख्न बस्तीमा नयाँ मान्छेलाई प्रवेश गर्नदेखि हिँडडुल गर्न पनि रोक लगाइएको बताए । उनले कतिपय सडकमा स्थानीयवासीले आफ्नो बस्तीमा नयाँ मान्छे र सवारी साधन आउन नदिन बस्तीका स्वयंसेवकले बाटो बन्द गराएको बताउँदै नगरपालिकाले अरनिको राजमार्ग र पेप्सीकोला, सानोठिमी भक्तपुरको मूल सडकबाहेक अन्य भित्री सडक बन्द गराएको उनले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE