Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

लकडाउनको अवधिमा १०० किलोमिटर सडक कालोपत्र, आठ पुल सम्पन्न

\"\"

काठमाडौं । सरकारले जारी राखेको बन्दाबन्दीको अवधिमा १०० किलोमिटर सडक कालोपत्र र आठ पुल सम्पन्न भएको छ । बन्दाबन्दीका समयमा पनि विकास निर्माणलाई नरोक्ने मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा विभिन्न स्थानमा सडक र पुल निर्माण गरिएको सडक विभागले जनाएको छ ।

चैत महिनामा कतिपय आयोजना निर्माण सुस्त र कतिपयमा ठप्प भए पनि वैशाखमा झण्डै २५० स्थानमा निर्माण शुरु गरिएको थियो । जेठमा दैनिक कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहँदा निर्माणको काम गर्न गाह्रो भएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनका अनुसार वर्षाअघि निर्माण नसकिँदा थप क्षति पुग्ने स्थानमा निर्माण भइरहेको थियो । विभागले वर्षाअघि गर्नैपर्ने अलपत्र आयोजनामा काम शुरु गरेको थियो । असारसम्ममा सक्ने लक्ष्य राखिएकोमध्ये आधामात्रै गर्न सकिने अवस्थामा छन् । उनले भने, ‘नागरिकमा त्रास रहेका कारण गर्नैपर्छ भन्ने अवस्था पनि छैन ।’

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सडक र पुल निर्माण र मर्मत भइरहेको छ । डिभिजन सडक कार्यालयले निर्माणसँगै मर्मत गरिरहेको छ भने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विस्तारित सडकमा पूर्वाधार निर्माण अघि बढाएको थियो । अहिले उपत्यकामा पनि निर्माण सामग्री अभावका कारण धेरै दिनसम्म काम गर्ने वातावरण नरहेको महानिर्देशक शर्माले बताए । यस अवधिमा विभिन्न स्थानमा ‘ओभर ले’ भए पनि अब निर्माण सामग्रीको अभाव देखिन थालेको छ । उनले भने, ‘अहिले बाँकी रहेको निर्माण सामग्रीले दुईचार दिनमात्रै काम गर्न सकिने अवस्था छ ।’

चालू आवको झण्डै दुई महिना बाँकी रहे पनि निर्माणाधीन धेरै स्थानमा सम्पन्न हुने अवस्था नरहेको विभागले जनाएको छ । कोभिड–१९ सङ्क्रमण नदेखिएका कतिपय स्थानमा पनि प्रि–मनसुनका कारण काम गर्न कठिन हुनसक्ने देखिएको छ । त्यससँगै जिल्ला प्रशासन कार्यालयले पनि विकास निर्माणका लागि दिइँदै आएको पासमा कडाइ गरेको छ । आमसमुदायमा कोभिड–१९ को त्रासका कारणले पनि निर्माण गर्न कठिन रहेको महानिर्देशक शर्माले बताए । निर्माणाधीन आयोजना रहेका स्थानमा आमनागरिकबाट विरोध हुन थालेको छ । निर्माण सामग्री लिन जाँदादेखि निर्माणको काम गर्दासम्म चालक, मजदुर र कर्मचारीसँग समुदायले शङ्का गर्ने गरेको पाइन्छ । उनले भने, ‘काम गर्ने परिस्थिति नभएकाले चालू आवमा भौतिक प्रगति अब त्यति धेरै बढाउन सकिँदैन ।’

विभागले अहिले त्रिभुवन राजपथ, कोशी राजमार्ग र महेन्द्र राजमार्ग, कर्णाली राजमार्ग र हुलाकी राजमार्गका विभिन्न खण्डमा सडक र पुल निर्माण भएको हो । त्रिभुवन राजपथको हेटौँडा–भैसे–लामीडाँडा सडकखण्ड, कोशी राजमार्गको देउराली–मुढे खण्ड र महेन्द्र राजमार्गको लम्की–अत्तरिया खण्डमा निर्माण भएको हो । महेन्द्र राजमार्गको चुरे हेटौँडा खण्ड आवधिक मर्मतको काम भइरहेको छ । पृथ्वी राजमार्ग फिस्लिङ–जोगिमारा खण्ड पटके मर्मत अघि बढेको छ । दमकस्थित डिभिजन सडक कार्यालयले झापामा पुल र सडक निर्माण गरिरहेको छ । जुम्ला डिभिजन कार्यालयले गमगढी सडक स्तरोन्नति गरिरहेको छ । कोशी राजमार्गको विराटनगर–इटहरी सडक खण्डमा निर्माण अघि बढेको छ ।

विभिन्न आयोजनामा सडकसँगै पुलको समेत निर्माण अघि बढेको छ । त्रिशूली पुलमा ठिमुरा निर्माणको काम भइरहेको छ । बूढी खोला पुल निर्माणको काम अहिले अघि बढिरहेको छ । कर्णाली राजमार्ग कालीकोट खण्डमा सडक मर्मत र नवलपरासीमा तुरिया खोला पुल निर्माण अघि बढिरहेको छ । डिभिजन सडक कार्यालय दाङले पुलको फुटपाथ निर्माण गरिरहेको छ ।

सरकारले निर्माणाधीन आयोजनाको काम स्वास्थ्यमा सावधानी अपनाउँदै अघि बढाएको छ । निर्माणस्थलमा सामाजिक दूरी कायम गरेर निर्माण अघि बढिरहेको छ । ती स्थानमा भीडभाड नगर्ने, कामदारलाई त्यही ‘क्लोज क्याम्प’ मा राख्ने, मास्क र सेनिटाइजर प्रयोग गरेर काम भइरहेको विभागले जनाएको छ । आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दीको अवधि थप गर्दा भौतिक पूर्वाधारको अलपत्र योजनामध्ये तत्काल गर्न आवश्यक आयोजनाको काम अघि बढिरहेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE