रियाद । इजिप्टमा हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले बाबुका हत्याराहरुलाई क्षमादान दिएको बताएका छन् । अमेरिकी अखबार वासिङ्टन पोस्टका स्तम्भकार तथा साउदी राजतन्त्रका आलोचक समेत रहेका खशोग्जीका छोराहरुले ट्वीट गरी बाबुका हत्यारालाई माफी दिएको बताएका हुन् । ट्वीटमा भनिएको छ, ‘जमाल खशोग्जीका हामी छोराहरु हाम्रा बाबुको हत्यामा संलग्नहरुलाई माफी र क्षमादान दिएको घोषणा गर्दछौं ।’
साउदी अरेबियामा बस्दै आएका जमालका छोरा सलाहको घोषणाको कानुनी वैधानिकता के हुने भन्नेमा स्पष्ट भइसकेको छैन ।
पत्रकार खशोग्जीको टर्कीको स्तानबुलस्थित साउदी कन्सुलेटमा अक्टोबर २, २०१८ मा विभत्स हत्या गरिएको थियो ।
टर्की सरकारको भनाईमा साउदी अरेबियाका राजकुमार सल्मानद्वारा पठाइएका १५ जना गुप्तचरले जमाल खशोग्जीको हत्या गरेका थिए । हत्या पश्चात जमालको शरीर टुक्राटुक्रा पारेर फालिएको थियो ।
साउदीमा उक्त हत्याकाण्डमा संलग्न ११ जनालाई दोषी देखाइएको थियो जसमध्ये ५ जनालाई मृत्युदण्डको सिफारिस गरिएको छ । तीन जनालाई आजीवन कारावासको सजाय सुनाउनुका साथै अरुलाई छाडिएको छ ।
खशोग्जीका छोरा सलाहले यसअघि साउदी अरेबियाको कानुनी प्रणालीप्रति आफू पूर्ण विश्वस्त रहेको बताएका थिए । तर कतिपयले सलाहले बाबुको हत्यामा संलग्नलाई माफी दिन साउदी राजासँग मोलतोल गरिरहेको आरोप लगाएका थिए ।
वासिङ्टन पोस्टले गत अप्रिलमा एउटा समाचार प्रकाशित गरी खशोग्जीका सलाह समेतका छोराछोरीले साउदी सरकारबाट करोडौं डलर मूल्यका सम्पत्ति प्राप्त गरेको र मासिक हजारौं डलर बुझिरहेको जनाएको थियो ।
तर सलाहले उक्त अखबारको समाचार खण्डन गरेका थिए । उनले साउदी सरकारसँग आर्थिक लेनदेनका विषयमा छलफल नभएको भन्दै प्रतिवाद गरेका थिए ।
एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: