Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

प्राधिकरणको सञ्चित घाटा शुन्यमा झर्दै

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महशुलका सम्बन्धमा विद्युत् नियमन आयोगले आज विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको छ । आयोगले आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, निजी क्षेत्रका ऊर्जा उद्यमी, उद्योग वाणिज्य महासङ्घ, उपभोक्ता अधिकारकर्मीलगायतसँग विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको हो ।

सुनुवाइ आज साँझसम्म जारी रहने आयोगले जनाएको छ । आयोगले यसअघि गत चैत १४ देखि १६ गतेसम्मका लागि सुुनुवाइ तय गरेको थियो । उक्त सार्वजनिक सुनुवाइ कोरोनाको जोखिम बढेपछि रोकिएको थियो । सुनुवाइको पहिलो सत्रमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रस्तावित महशुलका विषयमा आफ्नो प्रस्तुति राखेका छन् । आयोगले विभिन्न मोबाइल नम्बर तथा आयोगमा समेत सम्पर्क राखेर महशुलका सम्बन्धमा आफ्नो धारणा राख्नसक्ने वातावरण बनाएको छ ।

आफ्नो प्रस्तुति राख्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालू आवको अन्त्यसम्म प्राधिकरणको सञ्चित नोक्सान शुन्यमा झार्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए। प्राधिकरणको हिसाबअनुसार हालसम्म सञ्चित नोक्सानी रु १२ रहेको छ । सञ्चित नोक्सानलाई शुन्य भई प्राधिकरणको नाफा र घाटा बराबरीको अवस्थामा पुग्ने र सरकारी संस्थानमध्ये उत्कृष्ट बन्ने उनको भनाइ छ ।

विगतमा राजनीतिक हस्तक्षेप, स्रोतको दुरुपयोगलगायतका कारणले प्राधिकरण निरन्तर घाटामा गएको थियो । तत्कालीन ऊर्जामन्त्री पोष्टबहादुर बोगटीको पहलमा रु २७ अर्ब बराबरको घाटाको अपलेखन गरिएको भए पनि पुनःत्यो घाटा बढेर आर्थिक वर्ष २०७२÷७३ मा रु २७ अर्ब पुगेको थियो । पछिल्लो तीन वर्षमा प्राधिकरणले निरन्तर विभिन्न अभियान सञ्चालन गरेका कारण घाटा घट्दै गएको छ ।

नियमित विद्युत् उपलब्ध हुन थालेपछि प्राधिकरणको नाफासमेत बढ्दै गएको छ । झण्डै २६ प्रतिशतको हाराहारीमा पुगेको विद्युत् चुहावट घटेर चालू आवको अन्त्यसम्म १४ दशमलव ५० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको छ । प्राविधिक चुहावटबाहेक अन्य चुहावट घटाउन प्राधिकरणले निरन्तर पहल गरिरहेको छ । प्राविधिक चुहावट घटाउनका लागि वितरण प्रणालीको सुधार, ट्रान्सफर्मर थप गर्ने तथा अन्य कामसमेत निरन्तर अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । झण्डै दुई दशकसम्म निरन्तर घाटामा गएको प्राधिकरण चालू आर्थिक वर्षमा शुन्यमा आउने जानकारी दिँदै भारतबाट आयात भइरहेको विद्युत्को मात्रासमेत घटेको बताए ।

चालू आवमा भारतबाट रु १२ अर्ब बराबरको मात्र बिजुली आयात हुने उनले जानकारी दिए । आव २०७५÷७६ मा भारतबाट रु १९ अर्ब बराबरको विद्युत् आयात भएको थियो । जुन सो आवको तुलनामा चालू आवमा झण्डै रु सात अर्बले कम हो । यस्तै नेपालले यस वर्ष मात्रै रु एक अर्ब बराबरको विद्युत् भारत निकासी गरेको छ ।

अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार प्राधिकरणले गत वर्ष रु १० अर्ब ५० करोड बढी नाफा गरेको थियो । प्राधिकरणले यस आवमा बिजुलीको लागत प्रतियुनिट लागत घटेर १० रुपैयाँ २४ पैसामा झर्ने अनुमान गरेको छ । गत आवमा १० रुपैयाँ ३० पैसा रहेको थियो । यस वर्ष प्रतियुनिट दुई पैसा नाफा हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यद्यपि यो चुहावटमा आधारित हुने उनको भनाइ छ ।

चालू आर्थिक वर्षमा विद्युत् प्राधिकरणको कूल आम्दानी बढेर रु ७५ अर्ब ८० करोड पुग्ने भएको छ । गत वर्ष रु ६५ अर्ब ८५ करोड आम्दानी हुने अनुमान छ । चालू आवमा नाफा नोक्सानको अवस्थालाई शुन्यमा झारेपछि नेपालको विद्युत्मा लगानीमैत्री वातावरण बनाउन सहयोग मिल्ने जानकारी दिँदै उनले क्रमशः विद्युत् विस्तार गर्ने लक्ष्य राखेको बताए ।

प्राधिकरणका अनुसार आवमा २०७५÷७६ मा सात हजार ५५१ गिगावाट घण्टा विद्युत् उपलब्ध भएकामा चालू आवमा कूल आठ हजार ६५७ गिगावट घण्टा विद्युत् उपलब्ध गराउने लक्ष्य राखेको हो । यस्तै ग्राहकलाई गत आवमा कूल छ हजार ३९४ गिगावाट घण्टा र चालू आवमा सात हजार ४०२ गिगावाट घण्टा उपलब्ध भएको छ । त्यसमा झण्डै एक हजार गिगावाट घण्टा बढी विद्युत् चुहावट भएको छ ।

प्राधिकरणले विभिन्न क्षेत्रलाई विशेष ध्यानमा राखेर महशुल दर निर्धारण गरेको छ । त्यसमा न्यूनतम विद्युत् उपभोग गर्नेलाई कम महशुल तिर्ने गरी दर तय गरिएको छ । विगतमा बढी विद्युत् खपत गर्नेलाई बढी शुल्क लिने अवस्था थियो । प्राधिकरणले प्रस्ताव गरेको महशुलअनुसार भने बढी खपत गर्नेलाई पनि तुलनात्मकरुपमा कम पर्ने व्यवस्था गरिएको छ ।

यस्तै विद्युतीय सवारी साधनको प्रवद्र्धन तथा कृषि क्षेत्रको आधुनिकीकरणका लागि सिँचाइमा विशेष छुट दिने प्रबन्ध गरिएको छ । आयोगले उपभोक्ताको हक र हितलाई ध्यानमा राखेर विद्युत् सेवालाई भरपर्दो र सुरक्षित बनाउने लक्ष्य राखेको छ । यस्तै कोरोनाका कारण समस्यामा परेका ऊर्जा उद्यमीलाई रिफाइनान्सिङको व्यवस्था गर्न र खरिद बिक्री उत्पादन अनुमतिपत्रका सम्बन्धमा समेत विशेष व्यवस्था गरिएको छ । आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले आयोगले २५ हजार मेगावाटका आयोजनाको सहजीकरणका लागि विशेष व्यवस्था गरिएको बताए ।

आयोगको नियमनकारी भूमिकालाई थप प्रभावकारी बनाइँदै लगिएको र विभिन्न सात वटा विनियमावली तय गरी काममा थप सहजीकरण गरेको अध्यक्ष सिंहको भनाइ छ । सार्वजनिक सुनुवाइमार्फत प्राप्त भएका धारणाका आधारमा आयोगले महशुलका सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE