Ntc summer Offer
Khabar Dabali १ माघ २०८१ मंगलवार | 14th January, 2025 Tue
Investment bank

सप्तरीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

राजविराज । सप्तरीको खड्क नगरपालिका–६ चकुवामा ट्र्याक्टर दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको नम्बर नभएको (कृषिबाट अनुदान प्राप्त) पावर ट्रिलरको ट्र्याक्टर सोमबार साँझ आफैँ अनियन्त्रित भई पल्टिँदा सोही ट्र्याक्टरमा सवार स्थानीयवासी ७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

घाइते भएका उनलाई उपचारका लागि सिरहाको लहानस्थित त्रिशक्ति अस्पतालमा लगिएको भए पनि उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका चौधरी ट्र्याक्टर चालक हरि चौधरीका बुवा रहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिका–२ बैरियामा मोटरसाइकलको ठक्करबाट एउटा गाई समेत मरेको छ । स४प २१३१ नंको मोटरसाइकलले ठक्कर दिँदा गाई घटनास्थलमै मरेको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित जन्डोलमा सवारी साधनको ठक्करबाट नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पहिचान खुल्न नसकेका अन्दाजी १९ वर्षीय एक युवकको मृत्यु भएको थियो । कालो जिन्स पाइन्ट, सेतो फुल बाहुला भएको सर्ट लगाएका र उचाइ पाँच फिट तीन इन्च तथा शरीर पातलो कालो वर्ण हेर्दा तराईवासीजस्तोे देखिने युवकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको सप्तकोशी नगरपालिका–११ मलेठमा पनि मोटरसाइकलको ठक्करबाट एउटा भैँसीको ज्यान गएको छ । कञ्चनपुर–फत्तेपुर सडकखण्डमा कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को३३प ६२८ नंको मोटरसाइकलले स्थानीय दोमेश्वर खङको भैँसीलाई ठक्कर दिँदा भैसी घटनास्थलमै मरेको प्रहरीले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy