काठमाडौ । प्रदेश नं. २ सरकारले कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएका नागरिकलाई स्वदेशमै उचित अवसर दिने तयारी गरेको छ । श्रम रोजगार पत्रकार समूहले आज आयोजना गरेको भर्चुअल छलफलमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विदेशबाट फर्किएका नेपालीलाई प्रदेश सरकारले स–सम्मान आफ्नो गाउँघरमा राख्ने र सीप दिने वा सीप भएकालाई रोजगारी दिने योजना बनाउन लागिएको बताए।
उनले भारतसहित तेस्रो मुलुकबाट प्रदेश २ मा मात्रै करिब १० लाख नेपाली फर्कने अवस्था रहेकाले उनीहरुलाई स्वदेशमा नै कृषितर्फ आकर्षित गर्नेगरी कार्यक्रम ल्याउन लागिएको बताए । रोजगारी गुमाएर स्वदेश फर्किनेलाई प्रदेश सरकारले उपलव्धिमूलक रोजगारीसँग जोड्नेसमेत उनले बताए । “ उपलब्धिमूलक रोजगारमा उनीहरुलाई संलग्न गराउने छौँ”, उनले भने ।
प्रदेश २ सरकारले कृषि क्षेत्रमा युवालाई लगाउने तयारी गरिरहेको मुख्यमन्त्रीको भनाइ छ । “अब आउने युवा जनशक्तिलाई कृषि उत्पादनमा लगाएर उत्पादकत्व बढाउने गरी हामी काम गर्नेछौँ”, उनले भने । उनले प्रदेश नं २ बाट भारतमा पाँच लाख तथा खाडी र मलेसियालगायत मुलुकमा झण्डै आठ लाख युवा रोजगारीको सिलसिलामा रहेको जानकारी दिए ।
“कोही भारत, कोही अन्य देश जाँदा यहाँ सामान्य खेती भएका पनि काम गर्न छाडिसकेका छन्, अब विदेशबाट फर्किएपछि उत्पादन बढ्ने अवस्था हुन्छ”, मुख्यमन्त्री राउतले भने । यद्यपि प्रदेश २ मा मात्रै झण्डै १० लाख नागरिक फर्किने अवस्था रहेकाले तिनको व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: