काठमाडौ । बन्दाबन्दीको समयमा बैंकमा सर्वसाधारणको अत्यधिक भीड बढेपछि व्यास नगरपालिकाका वडा कार्यालयले वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेका छन् ।
व्यास नगरपालिका–४ र ९ ले सामाजिक दूरी कायम गर्दै वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेका हुन् । अहिलेको विषम परिस्थितिमा बैंकबाट भत्ता वितरण गर्दा भीडभाड बढेको र लाभग्राहीलाई पनि अप्ठ्यारो भएका कारण वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरिएको व्यास नगरपालिका–४ का सदस्य वसुन्धरा घर्तीले जानकारी दिए ।
“यसभन्दा अगाडि बैंकबाटै भत्ता वितरण हुँदै आएको थियो, तर अहिलेको परिस्थतिमा बैंकबाट वितरण गर्दा बढी भीडभाड हुने देखियो”, घर्तीले भने, “त्यही भएर सामाजिक दूरी कायम गर्दै वडाबाटै भत्ता वितरण गर्यौ ।” उनका अनुसार प्रभु बैंक दमौली शाखाको समन्वयमा वडाबाट १६० जनालाई चार महिनावापतको सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । वडामा २४७ लाभग्राही छन् । बाँकीलाई बैंकले समय मिलाएर सामाजिक सुरक्षाभत्ता वितरण गर्नेछ ।
वडाबाटै सामाजिक सुरक्षाभत्ता पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । बन्दाबन्दीको समयमा बैंकमा गएर पालो पर्खिएर भत्ता बुझ्न समस्या हुने भएकाले वडाबाटै भत्ता पाउँदा सजिलो भएको ज्येष्ठ नागरिक केशरबहादुर गुरुङले बताए। “बन्दाबन्दीले गर्दा सधैँ बैंक पनि खुल्दैन, खुलेको दिनमा भीडभाड हुन्छ, घर नजिकै भत्ता पाउँदा सजिलो भयो”, उनले भने ।
यसैगरी व्यास नगरपालिका–९ ले पनि वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । वडाध्यक्ष सुरेश थापाले महालक्ष्मी विकास बैंक दमौली शाखाको समन्वयमा २७० लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको जानकारी दिए । बैंकको शाखा कार्यालय दमौलीमा रहेकाले गाउँका ज्येष्ठ नागरिकलाई बन्दाबन्दीका कारण दमौली पुग्न समस्या भएकाले वडाबाटै भत्ता वितरण गरिएको थापाले बताए।
“बन्दाबन्दीका कारण सवारी साधन नचल्ने भएकाले हिँडेर जान तीन÷चार घण्टासम्म लाग्छ, सोही कारण गाउँमै बैंकका कर्मचारीलाई बोलाएर भत्ता वितरण गर्यौ”, उनले भने । महालक्ष्मी विकास बैंक दमौली शाखाका प्रबन्धक सुदीप न्यौपानेले ज्येष्ठ नागरिक, एकल महिला, दलित र अपाङ्गता भएकालाई गाउँमै पुगेर सामाजिक भत्ता वितरण गर्दा लाभग्राहीलाई पनि सहज भएको बताए । उनका अनुसार सामाजिक दूरी कायम गरी सुरक्षित हिसाबले भत्ता वितरण गरिएको छ ।
व्यास नगरपालिकाले दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था खोल्नका लागि हप्ताको चार दिन निर्धारण गरेको छ । प्रभु बैंक र महालक्ष्मी बैंक मङ्गलबार बन्द रहने भएका कारण ती दुई बैंकले गाउँमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेका हुन्। नगरपालिकाले सोमबार, मङ्गलबार, बुधबार र बिहीबार हप्ताको चार दिन दमौलीका बैङ्कलाई बिहान ११ देखि दिउँसो ३ बजेसम्म खोल्न अनुमति दिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: