काठमाडौं । नेपाली आकाशमा अहिले चिनियाँ विमान फाट्टफुट्ट उडेको देख्न सकिन्छ । तर, ती व्यावसायिक वा चार्टर्ड उडान भने होइन।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - अन्य कुनै उद्देश्य नभई सगरमाथाको उचाइ लिनका लागि चिनिया विमान आकाशमा उडेका नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । चीनले आफ्नो क्षेत्रबाट सगरमाथाको उचाइ नाप्ने प्रक्रियाअन्तर्गत सर्वेक्षण सुरु गरेको हो ।
दुईदेशबीचको कूटनीतिक सम्झौतापछि सरकारको निर्देशनमा नै सगरमाथा क्षेत्रमा चिनियाँ सर्वेक्षण विमान उडानका लागि अनुमति दिइएको महानिर्देशक पोखरेलले बताए ।
चिनियाँ साइडबाट सर्वेक्षणका लागि दुई सेप्टेम्बर ३० देखि डिसेम्बर ३१ सम्मका लागि दोस्रो चरणको समय निर्धारण गरिएको छ ।
सर्वेक्षणका लागि सफा मौसम आवश्यक पर्ने भएकाले पहिलो चरणअन्तर्गत अहिले चीनको साइडबाट सगरमाथाको उचाइ नाप्ने काम भइरहेको बताउँदै पोखरेलले सर्वेक्षणका लागि उडान हुने समयमा काठमाडौं विमानस्थललाई टावर सम्पर्क कार्यालय तोकिदिएको जानकारी दिए । नेपालमा वर्षायाम सुरु हुने भएकाले जुन २० देखि उता सेप्टेम्बर २९ सम्म सगरमाथा उचाइ मापनको काम रोकिने बताइएको छ ।
यता, नेपालको साइडबाट पनि सर्वेक्षणको काम २०७६ पुसतिर नै सकिएको नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए । २०७४ माघबाट समरमाथाको विभिन्न कोणबाट उचाइ नाप्ने काम सुरु गरिएको थियो । सगरमाथाको उचाइ नाप्न नेपालले यसपटक परम्परागत र आधुनिक विधि गरी दुवै विधि अपनाएको उनको भनाइ छ ।
दुईदेशबीचको कूटनीतिक सम्झौतापछि सरकारको निर्देशनमा नै सगरमाथा क्षेत्रमा चिनियाँ सर्वेक्षण विमान उडानका लागि अनुमति दिइएको हो ।
सूचना अधिकारी ढकालका अनुसार परम्परागत विधि अन्तर्गत लेबलिङ विधि रहेको छ । यसमा समतलन नापि र त्रिकोणमितिय नापी पर्दछ । समतलन नापीमा पनि परिशुद्घ समतलन र त्रिकोणमितिय समतलन नापि रहेको छ । आधुनिक विधि अन्तर्गत ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम९जीएनएसएस० रहेको छ ।
अर्को गुरुत्वोकार्षण सर्वेक्षण विधि रहेको छ । परम्परागत तथा नयाँ विधिबाट नापी लिएपछि सर्भे करेक्सनका लागि यो विधि गर्न अत्यन्त जरुरी हुने ढकालले बताए । सगरमाथाको चुचुरोमा ग्राउन्ड पेनिट्रेटिङ राडर ९जीपीआर० विधिबाट सर्वेक्षण गरिएको थियो । त्यसपछि मौसमसम्बन्धी तथ्यांक पनि लिन जरुरी हुन्छ भनी ढकाल भन्छन् ।
यी सबै सर्वेक्षणका विधि सकेर गत पुसमा सर्वेक्षण टोली फर्किएर तथ्यांक चेकजाँचको काम भइरहेकोमा लकडाउनका कारण अहिले रोकिएको ढकालले जानकारी दिए । तथ्यांक संशोधनको अन्तिम तयारीमा रहेको बेला कोरोनाका कारण लकडाउन लागु भएपछि काम रोकिएको भन्दै ढकालले नभए गोष्ठी गरेर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने तयारीमा नापी विभाग रहेको बताए ।
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्दछ । हाल सगरमाथको उचाइ ८,८४८ मिटर रहेको छ । सो उचाइको मापन सन् १९५२ देखि १०५४ सम्म छिमेकी मुलुक भारतमा बेलायती उपनिवेशको सरकारको समयमा भएको थियो।
सर्भे अफ इन्डियाका बी।एल गुलाइटीको समूहले गरेको यो मापनलाई अहिलेसम्म विश्वले नै मान्यता दिइरहेको छ । त्यसपछिका समयमा पनि विभिन्न मुलुकले सगरमाथाको उचाइको मापन गरेको भए पनि अपानाइएका विधिका कारण तीनलाई अन्तर्राष्ट्रिय मान्यता दिएको पाइँदैन ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: