Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

काभ्रेलीका तर्फबाट सरकारलाई डल्लै धन्यवाद

काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताएका छन् । उनले भर्खरै सरकारले ल्याएको आर्थिक वर्ष २०७७÷७८ को विनियोजित बजेटले काभ्रेली जनता उत्साहित भएकोसमेत उल्लेख गरेका छन् ।

विश्वनै कोरोना भाइरसका कारण आक्रान्त भएको वर्तमान अवस्थामा आर्थिक सङ्कट र चुनौती झेल्दै सरकारले सिङ्गो काभ्रेपलाञ्चोकलाई समृद्ध बनाउनेतर्फ बजेट विनियोजन गरेकामा पूर्वमन्त्री बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जिल्लावासीका तर्फबाट ‘डल्लै’ धन्यवाद दिएका हुन् । “प्रस्तुत बजेटले जिल्लाको समग्र विकास प्रक्रियालाई अत्यन्त सही दिशासाथ अघि बढाएको छ, यसैले प्रम ओली र उनको सरकारलाई काभ्रेलीको तर्फबाट डल्लै धन्यवाद दिएको हुँ”, उनले भने ।

बाँस्कोटाले राष्ट्रिय समाचार समिति (रासस)को भेटमा सडक, पुल, खानेपानी, कृषि, सिँचाइ, शहरी पूर्वाधार, सहायक राजमार्गको निर्णयसहितको बजेट व्यवस्थापन, पर्यटन पूर्वाधार, ठूला र मझौला विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन, करिडोर निर्माण, सुरक्षण छापाखाना निर्माण, मदन भण्डारी र प्रतिरक्षा राष्ट्रिय विश्वविद्यालय स्थापना, दुई राजमार्गको स्तरोन्नति, हवाई मैदानजस्ता दर्जनौँ योजनामा करोडौँ बजेट विनियोजन भएकामा सरकारलाई ‘विशेष धन्यवाद’ दिएको बताए । उनले भने, “हामीले धेरै काम गर्नुछ, समय पनि छ, अझ प्रदेशको बजेट आउनै बाँकी छ, म ढुक्क छु, केन्द्रमा समेट्न नसकिएका योजना वाग्मती प्रदेशले समेट्नेछ ।”

अर्थमन्त्री डा युवराज खतिवडाद्वारा यही जेठ १५ गते प्रतिनिधिसभामा प्रस्तुत आव २०७७÷७८ को विनियोजित बजेटमा काभ्रेपलाञ्चोकको विकास योजनाका लागि ९स्थानीय तहबाहेक० विभिन्न शीर्षकमा अर्ब हाराहारीमा बजेट विनियोजन भएको छ । चालु दीर्घकालीन महत्वका योजना जारी नै रहेको र आगामी वर्षको बजेटले काभ्रेपलाञ्चोकको विकासमा अर्को फड्को मार्ने भएकाले यसपटक सरकारलाई विशेष धन्यवाद दिइएको बाँस्कोटाले बताए। उनले भने, “समृद्ध काभ्रेपलाञ्चोक निर्माणको हाम्रो यात्रा अकण्टक इन्द्रावती र सुनकोशी नदीझैँ शान्त तर गतिसाथ अघि बढिरहनेछन् ।” उनले सामाजिक सञ्जालमार्फत पनि ‘प्रम ओली र उनको नेतृत्व सरकारलाई डल्लै धन्यवाद काभ्रेलीको तर्फबाट’ भनेका छन् ।

त्यसो त आगामी वर्षका लागि प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलाई करिब साढे चार अर्ब छुट्याइएको छ । सोमध्ये बनेपा नगरपालिकालाई रु ५२ करोड १० लाख, पनौती नपामा रु ४४ करोड ५२ लाख, धुलिखेल नपामा रु ४० करोड ४६ लाख, नमोबुद्ध नपामा रु ३८ करोड आठ लाख, मण्डनदेउपुर नपामा रु ३५ करोड ३८ लाख तथा रोशी गाउँपालिकालाई रु ३८ करोड ४९ लाख, चौँरीदेउरालीमा रु ३२ करोड ३८ लाख, भुम्लुमा रु २८ करोड ३७ लाख, तेमालमा रु २७ करोड ८८ लाख, महाभारतमा रु २६ करोड ८२ लाख, बेथानचोकमा रु २४ करोड २२ लाख र खानीखोला गाउँपालिकामा रु २० करोड १८ लाख रकम वियोजन गरिएको हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE