Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

सात सय जना क्वारन्टीनमा रहेको अस्पतालमा सबैमा कोरोना सङ्क्रमण

एजेन्सी । एप्रिल महिनाको सुरुमा, सेन्ट पिटर्सबर्गस्थित हाडजोर्नीसम्बन्धी अस्पतालमा एकजन बिरामीमा निमोनिया देखियो। जब उनमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भयो त्यसपछि भ्रेडन अस्पताल बन्द गरियो र क्वारन्टीन बनाउन निर्देशन दिइयो।

उक्त निर्देशनपछि पाँच साताका लागि ७०० भन्दा बढी अस्पतालमा कार्यरत व्यक्तिहरू र बिरामीहरूलाई त्यहीँ बन्द गरेर राखियो।

भ्रेडन अस्पतालको अवस्था धेरै तरिकाले ूडाइमन्ड प्रिन्सेसू क्रूज पानीजहाजको जस्तै थियो, जुन पानीजहाजलाई कोभिड-१९ को महामारी सुरुमा देखिएका बेला जापानको तटनजिकै रोकेर राखिएको थियो।

उक्त पानीजहाजमा ७०० भन्दा बढी मानिसमा सङ्क्रमण फैलिएको थियो र नौ जनाको मृत्यु भएको थियो, जसमा चालक दलका सदस्य र यात्रुहरू रहेका थिए।

रुसी अस्पतालभित्र राखिएका थुप्रै मानिस पनि सङ्क्रमित भएका थिए। खबरहरूका अनुसार मेडिकल कर्मचारीका कम्तीमा दुईजना सदस्य र दुईजना बिरामीको मृत्यु भएको थियो।

सेन्ट पिटर्सबर्गका अधिकारीहरूले आधिकारिक तथ्याङ्क भने सार्वजनिक गरेका छैनन्।

यसअघि कहिल्यै नभएको उक्त घटनाबारे, केही सीमित बिरामीहरू र कर्मचारीले क्वारन्टीन स्थल बनाइएको अस्पतालमा रहँदाको कटु अनुभव सामाजिक सञ्जालमा राखेका थिए।

बीबीसी न्यूज रसियनले त्यस्तै अनुभव शेअर गरेका दुई बिरामीसँग कुराकानी गरेको छ।
हाडजोर्नी र दुर्घटना वा कुनै हिंसामा घाइते भएकाहरूको उपचारका लागि भ्रेडन इन्स्टिच्युट राष्ट्रिय केन्द्र हो।

सन् १९०६ मा स्थापना भएको उक्त अस्पताल रुसकै पुरानो मध्येको एक हो।

देशभरिबाट बिरामीहरूलाई उपचारका लागि डाक्टरहरूले रिफर गरेर यहाँ पठाउँछन्।

यहाँका प्रसिद्ध विशेषज्ञलाई देखाउनका लागि मानिसहरू महिनौँ वा वर्षौँ पालो कुर्छन्।

यो अस्पतालमा पहिलो कोरोनाभाइरसको सङ्क्रमण देखिँदा नै रुसमा विदेशी यात्रुमाथि आगमनमा प्रतिबन्ध लगाइसकिएको थियो र यहाँका मानिसहरू पनि भाइरस विस्तारै फैलिन सक्नेबारे सचेत बनिसकेका थिए।

ूकोही एकजनाले खोक्न थालेको छ भनेर हामीलाई भनिएको थियो, तर कोभिड(१९ भन्ने त्यतिबेलासम्म पुष्टि भएको थिएन। हामीलाई जे भए पनि मुखमा मास्क लगाउन भनिएको थियो,ू सेन्ट पिटर्सबर्गकी एक स्थानीय बासिन्दा तथा अस्पतालमा उपचार गराइरहेकी बिरामी इरिनाले भनिन्।

\'त्यतिबेला अस्पतालको औषधि पसलमा मास्कहरू थिएनन्, त्यसैले हामीले पट्टीहरूबाट मास्क बनायौं,\' बीबीसीसँग उनले भनिन्। अर्की बिरामी नदेज्दा उत्तरपश्चिम रुसस्थित एउटा नगरबाट एप्रिल ७ मा भ्रेडन इन्स्टिच्युटमा आइपुगेकी थिइन्।

उनले अस्पतालका एकजना विशेषज्ञ डाक्टरलाई देखाउन दुई वर्षदेखि पालो कुरिरहेकी थिइन्।

उनी अस्पताल आएपछि भर्ना त भइन् तर जे समस्या लिएर उपचारका लागि आएकी थिइन् त्यो सुरु हुनै पाएन।

तीन सातापछि उनले सामाजिक सञ्जालमा लेखिन्स् \'कस्तो डरलाग्दो अवस्था ! यहाँ आउँदा म स्वस्थ थिएँ, तर अब छैन ! केही एकदमै गम्भीर रोग भएका बिरामीलाई अरू अस्पतालहरूमा सारिएको छ। केहीले ज्यान गुमाइसके।\'

क्वारन्टीनका लागि तयारी

भ्रेडन अस्पतालले आफ्नो ढोका बाहिरी दुनियाँका लागि बन्द गरेको दिन एप्रिल ९ तारिखमा, अस्पताल परिसरमा ४७४ बिरामीहरू र २३९ कर्मचारीहरू थिए।

अस्पतालका कार्यवाहक निर्देशकका अनुसार सङ्क्रमण फैलिन नदिन अस्पतालका गतिविधि स्थगित गर्ने र पूरै अस्पताल नै बन्द गर्ने निर्णय सेन्ट पिटर्सबर्गका प्रमुख मेडिकल अधिकृतको हो।

त्यतिबेला कोरोनाभाइरसको परीक्षण द्रुत गतिबाट गर्ने क्षमता अस्पतालमा थिएन जसले सङ्क्रमित व्यक्तिलाई अलग्गै राखेर उपचार गर्न सकिन्थ्यो।

एप्रिल ८ तारिखमा, अस्पतालका डाक्टर र नर्सहरूलाई अस्पताल बन्द गर्ने तयारीका लागि घर जान र भोलिपल्ट फर्किन भनिएको थियो।

एकजना डाक्टरले त्यतिबेलाको अस्पतालको निर्धक्क र रमाइलो वातावरणबारे सामाजिक सञ्जालमा व्याख्या गरेका छन्।

अस्पतालका कर्मचारीहरू आ(आफ्ना झोला बोकेर पार्किङ क्षेत्रमा भेला भएका थिए मानौँ उनीहरू त्यहाँबाट कतै रमाइलो यात्राका लागि जान लागेका हुन्।

कोही पनि बिरामीलाई त्यहाँबाट बाहिर जान अनुमति दिइएको थिएन। एकजना डाक्टरले उनको विभागमा त्यतिबेला भर्ना भएकामध्ये आधाको शल्यक्रिया भइसकेको र निको हुँदै गरेको सामाजिक सञ्जालमा बताएका थिए।

उनले त्यतिबेलाको अवस्थामा शल्यक्रियाका लागि तय भइसकेका मानिसहरूको प्रक्रिया अगाडि बढाउने योजना रहेको बताए।

उनले आफू र आफ्ना सहकर्मीले अवस्था कति गम्भीर थियो भन्ने कुरालाई त्यतिबेला कम आँकेको स्वीकार गरे। त्यसको केही समयमै ती चिकित्सक आफैँ बिरामी भएका थिए।

भाइरसको सङ्क्रमण फैलिन नदिन पूरै भवनको भेन्टिलेसन प्रणाली बन्द गरिएको बिरामी इरिनाले बताइन्।

भान्साका कर्मचारीले प्रत्येक वार्डबाहिर खानेकुरा छोड्थे र अस्पतालका कर्मचारीले त्यो खाना बिरामी र सहकर्मीहरू भएको ठाउँसम्म पुर्‍याइदिन्थे।

रिपोर्टहरूले अस्पताल त्यतिबेला कोरोनाभाइरससँग जुझ्नका लागि तयार नभएको देखाएका छन्।

स्वस्थ र सङ्क्रमितका लागि भनेर छुट्टै ठाउँ थिएन र सुरुमा व्यक्तिगत सुरक्षा सामग्रीको पनि अभाव थियो।

प्रोटोकल अनुसार सामग्रीहरू पुग्ने बेलासम्म अस्पतालको बन्द ढोकाभित्र रहेका थुप्रै बिरामीहरूमा सङ्क्रमण निकै बढिसकेको थियो।

\'परीक्षणको नतिजा आउन १० दिन लाग्छ र त्यतिबेलासम्म त बिरामी र स्वस्थ्य व्यक्ति सँगै भइसक्छन्\' एकजना डाक्टरले सामाजिक सञ्जालमा भने।

साथीको थोरै सहयोग
अर्का एक डाक्टरले क्वारन्टीनमा रहँदाको सुरुका दिनहरूमा बाहिरका साथीले अस्पतालका कर्मचारीहरूलाई मास्क, एन्टीभाइरल औषधि र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरू दिएर सघाउने गरेको उल्लेख गरेका छन्।

एप्रिल १७ तारिखमा, मुख ढाक्न लगाउने शिल्ड मस्कोबाट पठाइएको थियो।

अस्पतालभित्र रहेका चिकित्सकहरूले ती सामग्री पठाउने शुभचिन्तकहरूलाई धन्यवाद दिएका थिए।

तर बन्द गरिएको भवनमा उनीहरूले हात निरन्तर रुपमा धोइरहे पनि र मास्क लगाइरहे पनि कोरोनाभाइरसको सङ्क्रमण हुनबाट जोगिन निकै मुस्किल थियो।

अस्पताल बन्द गरिएको झण्डै तीन साता र त्यसरी सामग्रीहरू लिन थालेको १० दिनपछि अस्पतालमा व्यक्तिगत सुरक्षा सामग्री, आँखामा लगाउने चस्मा र प्रयोग गरेर फाल्ने मास्क आइपुग्यो।

पाँच साताको क्वारन्टीन अवधिमा गम्भीर अवस्था भएका बिरामी र कर्मचारीलाई मात्रै भ्रेडन इन्स्टिच्युटबाट अर्को अस्पतालमा सारिएको थियो।

एप्रिलको मध्येसम्ममा बिरामीको सङ्ख्या उल्लेख्य रुपमा बढिरहँदा सेन्ट पिटर्सबर्गस्थित थुप्रै अस्पतालहरू भरिइसकेका थिए।

त्यसपछि त भ्रेडन इन्स्टिच्युटबाट पनि अन्य अस्पतालमा बिरामी पठाउने व्यवस्था गर्न गाह्रो भयो।

डाक्टरहरूले अन्य अस्पतालका सहकर्मीहरूसँग सहायता मागेका थिए।

अस्पतालभित्र रहेका चिकित्सकहरू भाइरस आक्रामक रूपमा फैलिएको देखेर चकित भए।

हाडजोर्नी, मेरुदण्ड र घाइतेहरूको उपचारका लागि भ्रेडन इन्स्टिच्युट एउटा उच्चस्तरको अस्पताल हो।

यो अस्पतालमा उसको आफ्नै उच्चस्तरको सघन उपचार कक्ष छ तर त्यहाँ काम गर्ने चिकित्सकहरू भाइरस सङ्क्रमण कुन अनुपातमा वृद्धि हुन्छ भन्नेबारेका विज्ञ होइनन्।

\'लक्षणहरू थुप्रै छन्। सबै खोकिरहेका छन्। अवस्था एकदमै छिटो बिग्रन सक्छ र ५-६ घण्टामै कसैको मृत्यु हुनसक्छ,\' एकजना डाक्टरले भने।

सुरुमा क्वारन्टीनमा रहेका मध्ये १५ देखि २० प्रतिशत बिरामीहरूलाई अन्यत्र अस्पतालमा सारिएको आकलन गरिएको छ।

गम्भीर लक्षण भए पनि अन्यत्र सार्न नसकिएकाहरूलाई यही अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखिएको थियो।

सहयोगी चिकित्सक
नदेज्दाले क्वारन्टीनको सुरुको हप्ता एकजना बिरामीमा उच्च ज्वरो देखिएको बताइन्। ती बिरामीको अवस्था खराब भएपछि उनलाई अर्को अस्पतालमा लगिएको थियो।

पछि ती व्यक्तिको मृत्यु भएको आफूले थाहा पाएको उनले बताइन्।

त्यसको केही समयपछि नदेज्दा स्वयंको पनि परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण देखियो।

सङ्क्रमित बिरामीलाई गर्न सक्ने सबै प्रयासहरू चिकित्सकहरूले वीरतापूर्वक गरेको उनले बताइन्।

त्यस्ता धेरै डाक्टर आफैँ पनि बिरामी भएको हेर्दा दुस्ख लागेको उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

\'नर्सहरू पनि बिरामी भए। हाम्रो झ्याल, बेडको छेउको टेबल र पूरै वार्ड नै सफा गर्ने एक नर्सलाई म सम्झन्छु। एक दिन उनको जन्मदिन थियो र उनी ६० पुगेकी थिइन्‘ पछि उनी एकदमै बिरामी भइन् र उनको मृत्यु भयो,\' नदेज्दाले भनिन्।

लकडाउनका बेला डाक्टर र नर्सहरूको प्रयासको प्रशंसा गर्दै थुप्रै बिरामीहरूले सामाजिक सञ्जालमा पोष्टहरू गरे।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending