दमौली । तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीका कृषकले एकैदिनमा रु १६ लाख बराबरको बोयर बोका बिक्री गरेका छन् । व्यावसायिकरुपमा बाख्रापालन गरिरहेका यहाँका कृषकले आइतबार सो मूल्य बराबरको बोयर बोका बिक्री गरेका हुन् ।
पाथर्दी बोयर स्रोत विकास केन्द्रमा आबद्ध कृषकले २६ वटा बोयर बोका बिक्री गरेको अगुवा युवा कृषक शिवकुमार आलेले जानकारी दिए। पाथर्दीका १३ जना कृषकले पालेका बोयर बोका प्रतिकिलो रु एक हजार ४१० का दरले बिक्री गरिएको उनले बताए । उनका अनुसार बिक्री गरिएका बोका २६ किलोदेखि ४१ किलोसम्मका छन् ।
“बन्दाबन्दीकै बीचमा पनि बोयर बोका बिक्री गर्न सफल भएका छौँ”, उनले भने, “बाख्रापालन नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो ।” गरिबीको रेखामुनि रहेका यहाँका कृषक बाख्रापालनले ऋणमुक्त हुने प्रयासमा रहेको उनले बताए । “एकैदिन रु १६ लाखको कारोवार हुँदा यहाँका कृषकलाई ठूलो उत्साह मिलेको छ”, उनले भने ।
यहाँका कृषकले जेठ महिनाको पहिलो साता पनि रु पाँच लाख बराबरको खसी बिक्री गरेका थिए । त्यसक्रममा पोखरास्थित खसी बजारका व्यापारीले गाउँमै आएर खसी किनेर लगेका थिए । “यहाँको खसीको मासु गुणस्तरीय भएका कारण व्यापारी खसी किन्न गाउँसम्मै आउँछन्,” उनले भने, “बन्दाबन्दीका कारण खसी बिक्रीमा समस्या भइरहेको थियो तर अब बन्दाबन्दीकै बीचमा पनि खसी बिक्री हुन थालेको छ ।”
बोयर जातको खसी उत्पादनका लागि यहाँ पाथर्दी बोयर बाख्रा स्रोत विकास केन्द्र स्थापना गरिएको छ । केन्द्रमा अष्ट्रेलियाबाट तीन वटा बोयर जातको व्याड बोका खरिद गरेर ल्याइएको छ । कृषकले पालेका खसीलाई बोका लगाउन केन्द्रले रु ५०० लिने गरेको केन्द्रका अध्यक्ष खेमबहादुर थापाले जानकारी दिए ।
पाथर्दीमा उन्नत जातको बाख्रा उत्पादन केन्द्र बनाउने गरी खरी बाख्रामा नश्ल सुधार कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यो कार्यक्रम लागू गर्न लागिएको अगुवा कृषक आलेले जानकारी दिए । यस ठाउँबाट वार्षिक करिब रु डेढ करोडको खसी बिक्री हुने गरेको छ । खसी बिक्रीबाट एक जना कृषकले कम्तीमा रु तीन लाख र बढीमा रु १३÷१४ लाख आम्दानी गर्ने गरेका छन् ।
यहाँका कृषकको आम्दानीको स्रोत नै बाख्रापालन बनेको छ । बाख्रापालनमा युवादेखि वृद्धसम्मको आकर्षण बढेको छ । युवा कृषक आलेले ७० वटा बाख्रा पालेका छन् । उनले बाख्रापालनबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्छन् । विसं २०६८ मा सब ओभरसियरको पढाइ उत्तीर्ण गर्नेबित्तिकै उहाँले व्यावसायिकरुपमा बाख्रापालनमा शुरु गरेका हुन् । बुबाले परम्परागतरुपमा बाख्रापालन गर्दै आएकामा उनले त्यसलाई व्यावसायिक रुप दिएका थिए।
सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा पालेकी छिन् । उनले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्छिन् । सोही ठाउँकै खिमबहादुर थापाले ४० वटा बाख्रा पालेर वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्छन् ।
उनीहरु मात्रै होइन यस ठाउँका सबैले बाख्रापालनबाटै मनग्य आम्दानी गर्दै आएका छन् । यहाँका ६० घरधुरी बाख्रापालनमा आबद्ध छन् । दिलमाया थापा, लुमाया थापा, देवी मोक्तान आले, नरमाया थापा, खेमबहादुर थापा, टकबहादुर थापालगायत व्यावसायिक बाख्रापालनमा आबद्ध छन्।
परम्परागतरुपमा मात्रै बाख्रापालन गर्दै आएका यहाँका कृषकले विसं २०७१ देखि व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन् । यहाँका कृषकले घटीमा १० र बढीमा ७० बाख्रा पालिरहेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: