Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

अहिले १० अर्बको हिसाबको होइन, कोरोनाको चिन्ता गरौँ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९बारे चिन्ता लिन सांसदसँग आग्रह गरेका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको शीर्षकमाथि उठेका प्रश्नको जवाफका क्रममा उनले भन्, कहीँ कतै दुरुपयोग भएकै हुन सक्दैन भनेर म दावी गर्दिन, भएकै छ भनेर सोच्नुपर्ने स्थिति पनि देख्दिन, अहिले कोरोना रोकथाम र उपचारका लागि भएको खर्चको हिसाबको चिन्ता नगरौँ, कोभिड– १९ को चिन्ता गरौँ ।

राष्ट्रिय संकटका बेला, सिङ्गो दुनियाँमा यस्तो विपद् आइलागेका बेला यदि कसैले भ्रष्टाचार गर्छ भने कुनै हालतमा सह्य हुन नसक्ने बताउँदै उनले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने दृढता व्यक्त गरे ।

हिसाब लेखापरीक्षक र आन्तरिक लेखा परीक्षण

कोरोना नियन्त्रण र रोकथामका लागि भएको खर्चको हिसाब महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र आन्तरिक लेखा परीक्षकबाट हुने व्यवस्था रहेको जानकारी दिँदै उनले अहिले भएको खर्चमा पारदर्शिता कायम गरिने भएकाले चिन्ता नगर्न उनले सांसदलाई सुझाव दिए ।

नेपालमा हालसम्म पहिचान भएकामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिमा कोभिड –१९ संक्रमण भेटिएको बताउँदै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा परीक्षण गर्नुपरेका कारण केही अव्यवस्था देखिए पनि व्यवस्थापनमा सुधार ल्याउने प्रयास भइरहेको जानकारी दिए। कोभिड –१९ संक्रमणलगत्तै भारतबाट हालसम्म दुई लाख २२ हजार ६१४ जना नेपाली स्वदेश आएकामा हाल दैनिक पाँच हजार हाराहारीमा आएका छन् । एकलाख ६५ हजार ७७५ जना क्वारेन्टाइनमा छन् । ठूलो संख्यामा एकैपटक क्वारेन्टिनमा राख्नुपरेको र पिसिआर टेष्ट गर्नुगरेको बताउँदै प्रधानमन्त्री ओलीले हालसम्म चार हजार ८५ जनामा कोरोना संक्रमण भेटिएको र संक्रमितमध्ये ५८४ जना उपचारपछि निको भएर घर फर्केको जानकारी दिए ।

नेपालीमा प्रतिरोध क्षमता राम्रो
मृत्यु भएका १५ जना कोरोनाकै मात्रै कारणबाट नभई कतिपय अरु रोगबाट सिकिस्त हुँदा कोरोना संक्रमण भएको बताउँदै उनले मृत्यु हुनेको संख्याको तुलनामा निको भएर फर्कनेको संख्या निकै राम्रो भएको उल्लेख गरे । नेपालीमा प्रतिरोध क्षमता र उपचारको प्रबन्ध निकै राम्रो भएकाले संक्रमित र अरु देशको तुलनामा मृत्यु हुनेको संख्या आगामी दिनमा ठूलो नहुने जिकिर गरे । विदेशमा १४ हजार ४१४ गैरआवासीय नेपालीमा कोरोना संक्रमण रहेको तथा १३ मुलुकमा १२७ नेपालीको निधन भएको, अहिले दैनिक पाँच हजारको संख्यामा कोरोना परीक्षण भइरहेको र नयाँ प्रविधिको प्रयोग गर्ने विषयमा सरकारले तदारुकताका साथ काम भइरहेको जानकारी प्रधानमन्त्रीले दिए ।

उनका अनुसार अहिलेसम्म पिसिआर प्रविधिबाट एक लाख ६ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइनको क्षमता दुई लाख ३५ हजार ५९६ तयार गरिएको छ । सरकारी र निजी क्षेत्रका गरी अहिले मुलुकमा आठ हजार ३३ सामान्य शय्या र नौ सय भेन्टिलेटर छन् । एक सय चौरानब्बे अस्पतालमा एक हजार सात सय आइसियुको व्यवस्था छ ।

योजना आयोगको प्रभावकारिता बढ्दो
प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगले सरकारले दिएको समृद्ध नेपाल र सुखी नेपालीको कार्यक्रमलाई समय कार्यतालिका बनाएर पूरा गर्न योजनाबद्ध ढंगले अघि बढिरहेको जानकारी दिए । उनले भने, “आयोगले पञ्चवर्षीय योजना बनाएको छ, अनुगमन, मूल्याङ्कन, योजना बैँकमार्फत योजना बनाउने काम गरिरहेको छ । अत्यन्तै व्यवस्थित ढंगले योजना र कामलाई अघि बढाएको छ ।”

आगामी आर्थिक वर्षको बजेटमा रकमको विनियोजन उपयुक्त ढंगले भएको पनि उनले बताए । राष्ट्रिय समस्यामा सरकारको गम्भीरताका साथ ध्यान गएको बताउँदै उनले भ्रष्टाचार नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम गर्न सरकार तत्पर छ भने । भ्रष्टाचारमा संलग्नलाई कारवाहीको दायरामा ल्याइएको पनि उनले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy