Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

उपत्यकामा लकडाउनमा पनि चहलपहल बढ्दो, पसल खोल्न आएका व्यवसायीलाई प्रहरीले रोक्यो

काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दीको आदेशको बेवास्ता गर्दै पसल सञ्चालन गर्न खोज्ने व्यवसायीलाई प्रहरीले रोकेको छ । काठमाडौँको न्यूरोडलगायत क्षेत्रमा बन्दाबन्दीका कारण आफ्नो रोजीरोटी नै गुम्न लागेको भन्दै पसल सञ्चालन गर्न आएका व्यवसायीलाई आज प्रहरीले खोल्न दिएन ।

सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार नियम उल्लङ्घन गरेकाले पसल सञ्चालन गर्न रोकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए । उनले सरकारी आदेश नआएसम्म तोकिएकाबाहेक कुनै पनि गतिविधि सञ्चालन गर्न नदिइने बताए । “बिहान केही व्यक्ति पसल खोल्न भनेर आएका थिए, हामीले रोक्यौँ, सरकारले जारी गरेको आदेशको पूर्ण पालनामा प्रहरी कटिबद्ध छ, बन्दाबन्दी उल्लङ्घन हुन नदिन प्रहरी सचेत छ”, यादवले भने ।

सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न गत चैत ११ गतेबाट बन्दाबन्दीको आदेश जारी गरेको थियो । पटक पटक समय थप्दै यही जेठ ३२ गतेसम्मका लागि बन्दाबन्दी कायमै छ । यस बीचमा त्यसको ढाँचा परिवर्तन गर्न सरकारले गृहकार्य गरिरहेको छ । क्रमैसँग बन्दाबन्दीलाई खुकुलो पार्दै लैजाने विषयमा समेत छलफल जारी रहेका बेला जेठ २१ गते साना व्यवसायीले एकतर्फीरुपमा पसल खोल्ने निर्णय गरेका थिए । निर्णयको केही दिन पसल सञ्चालन भए पनि मङ्गलबारदेखि भने प्रहरीले पसल सञ्चालनमा रोक लगाउँदै आएको छ ।

मङ्गलबार काठमाडौँको बालुवाटार तथा न्यूरोड क्षेत्रमा व्यवसायीले प्रदर्शनसमेत गरेका थिए । बालुवाटारमा प्रदर्शन गर्न आएका युवाले कोभिड–१९ को परीक्षणको दायरा बढाउन, क्वारेन्टिन व्यवस्थित गर्नसमेत माग गरेका थिए । उनीहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले पानीको फोहरा हानेर भीड नियन्त्रणमा लिएको थियो । व्यवसायीले भने पसल खोल्न पाउनुपर्ने माग कायमै राखेका छन् ।

बन्दाबन्दीमा पनि चहलपहल बढ्दो

जारी बन्दाबन्दीमा पछिल्लो समयमा काठमाडौँ उपत्यकालगायत मुलुकभर नै उल्लङ्घन गर्ने क्रम बढेको छ । बन्दाबन्दीको वास्ता नगरी जथाभावी सडकमा निस्कने, पास नै नबनाई आवातजावत गर्ने क्रम बढेको पाइएको छ । आज मात्रै उपत्यकाको विभिन्न क्षेत्रमा स्थलगत अवलोकनमा निस्किँदा मानिसको चहलपहल बाक्लो थियो भने सवारीको चापमा समेत वृद्धि भएको पाइएको छ ।

बन्दाबन्दीको अवधिमा सवारी पास वितरणमा समेत वृद्धि भएकाले पनि सवारी बाक्लिएको प्रहरीले जनाएको छ । उपत्यकाको मुख्य सडकमा प्रहरीको बाक्लो उपस्थिति रहेको तर भित्री सडकमा कम उपस्थिति हुँदा सर्वसाधारण आफूखुशी सडकमा निस्किएका छन् । भित्री सडक किनाराका पसल खुलेको देखिन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल ट्राफिक प्रहरीले पास बिनाका कुनै पनि सवारी भने सञ्चालन गर्न नदिएको दाबी गर्छन् । मङ्गलबारदेखि भने जाँचमा थप कडाइ गरिएको उनले जानकारी दिए । मङ्गलबार अहिलेसम्म कै सबैभन्दा बढी चार हजार सवारीलाई नियन्त्रणमा लिएर कारवाही गरिएको उहाँले जानकारी दिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आज मात्रै बन्दाबन्दी उल्लङ्घन गर्ने दुई हजार ४०० सवारी नियन्त्रणमा लिइसकिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE