Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

कोरोना भाइरसको कारण सङ्कटमा सञ्चारकर्मी र सञ्चारगृह

धनगढी । कोभिड–१९को सङ्क्रमणका कारण सबै गतिविधि बन्द भएसँगै सुदूरपश्चिम प्रदेशमा सिङ्गो सञ्चार क्षेत्रको आर्थिक अवस्था दयनीय बन्दै जाँदा श्रमजीवि पत्रकारमा पनि सङ्कट बढ्दै गएको छ । कोभिड–१९ को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न लामो समयदेखि लकडाउन गरिँदा आम जनजीवनसँगै सञ्चार क्षेत्र पनि मारमा परेको नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९को कहरका बीच महासङ्घ प्रदेश समितिले प्रदेशका सबै जिल्लाको स्थलगत अनुगमन गरी सञ्चारकर्मी तथा सञ्चारमाध्यमले भोग्नुपरेका समस्याको पहिचान तथा समाधानका उपाय पहिल्याउन हालै स्थलगत अध्ययन अनुगमन गरेको थियो ।

सञ्चारमाध्यम र सञ्चारकर्मीको अवस्था

सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ७५ एफएम रेडियो सञ्चालित छन् । दैनिक पत्रिका ४६, साप्ताहिक पत्रिका ४५, स्थानीय टेलिभिजन दुई छन् । नियमित प्रकाशन हुँदै आएका प्रायः सबैजसो दैनिक र साप्ताहिक पत्रिका लकडाउन शुरु भएदेखि नै बन्द छन् । प्रदेशका दुई तराईका जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै केही सीमित पत्रिका प्रकाशन भइरहेका छन् । नियमित प्रकाशन भइरहेका पत्रिकाले समेत निकै समस्या र चुनौतीको सामना गर्नुपरेको छ । बजार बन्द छ, स्वास्थ्य असुरक्षा उस्तै छ । विज्ञापन शून्य छ ।

यस अवस्थामा समुदाय तहसम्मलाई सूचना दिने काम एफएम रेडियोले गरिरहेका छन् । रेडियोले आम स्रोतालाई कोभिड–१९ का बारेमा समेत जनचेतना जगाउने काम गरिरहेका छन् । सरोकारवालालाई जवाफदेहिता वृद्धि गराउने कार्य पनि गरिरहेका छन् । थुप्रै समस्याका बाबजुद पनि एफएम रेडियो नियमित प्रसारण भइरहेका भए पनि उनीहरुको आम्दानी ह्वात्तै घटेको छ । व्यापारिक विज्ञापन छैनन् । प्रसारण हुँदै आएका विज्ञापनसमेत सम्बन्धित व्यक्ति र संस्थाले बन्द गर्न लगाइएको महासङ्घको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

अधिकांश पत्रपत्रिका लकडाउन शुरु भएदेखि नियमित प्रकाशन हुनसकेका छैनन् । अनलाइन आम नागरिकलाई सूचना प्रदान गर्नेरगराउने सशक्त माध्यम बनेका छन् । एफएम रेडियोले पनि समय घटाउनुपरेको बाध्यात्मक अवस्था छ । जसका कारण रेडियो, पत्रपत्रिका, अनलाइन र टेलिभिजनको अवस्था आर्थिक तथा व्यावसायिकरूपमा दयनीय बन्दै जाँदा सम्पूर्ण श्रमजीवी पत्रकारमाथिको सङ्कट बढ्दै गएको छ ।

अनलाइन

पछिल्लो समय सञ्चारको सशक्त माध्यमका रूपमा विकास भइरहेको अनलाइनसमेत आम मानिसको सूचनाको स्रोत बनेका छन् । धेरै मानिसलाई कोभिड–१९ का बारेमा सूचना दिने र सचेतता गराउने काम अनलाइनले गरेको पाइएको छ । अनलाइनमा काम गर्ने सञ्चारकर्मीका समेत उस्तै समस्या छन् । अनलाइनमा विज्ञापन शून्य छ ।

प्रदेशका सबै जिल्लामा हरेक राष्ट्रिय मिडियाका प्रतिनिधि कार्यरत रहेका छन् । तीमध्ये अधिकांश स्ट्रिङ्गर समाचारदाता छन् । अहिले उत्पन्न परिस्थितिमा उनीहरुलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको महासङ्घको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । टेलिभिजनले भने आफ्ना प्रतिनिधिलाई अहिले पनि काममा लगाइरहेको छ । हरेक व्यक्तिको सम्पर्कमा जानुपर्ने भएका कारण रेडियोकर्मी तथा टेलिभिजनकर्मी कोरोनाको उच्च जोखिममा छन् ।

स्वास्थ्य सामाग्रीको अवस्था

कैलाली र कञ्चनपुरका सञ्चारकर्मीले थोरै भए पनि स्वास्थ्य सामग्रीका रूपमा मास्क, स्यानिटाइजर र पञ्जा पाएका भए पनि पहाडी जिल्लामा कार्यरत सञ्चारकर्मीले यस्ता सामग्री पनि पाउन सकेका छैनन् । उनीहरु स्वास्थ्य सामग्रीबिना नै रिपोर्टिङमा गइहेका छन् । कतिपय स्थानीय निकाय, सङ्घसंस्था र व्यक्तिले पत्रकारका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् तर धेरैजसो ठाउँमा किनेर पनि स्वास्थ्य सामग्री पाउने अवस्था छैन ।

सूचनाको स्रोत

कोरोना प्रभावितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । कतिपय व्यक्तिले कोरोनाका कारण ज्यानसमेत गुमाएका छन् । यस्तो अवस्थामा सञ्चारकर्मी कोभिड–१९ सङ्क्रमणका बारेमा आम मानिसलाई जानकारी दिन चाहन्छन् । तर सूचना सहजरूपमा प्राप्त गर्न नसकेका कारणसमेत सञ्चारकर्मी समस्यामा छन् ।

नेपाल पत्रकार महासङ्घ प्रदेश समितिको अध्ययन प्रतिवेदनमा सञ्चारमाध्यम आर्थिक हिसाबमा जर्जर भई सञ्चारकर्मीको अवस्था जटिल बन्दै गएको अवस्थामा सञ्चारकर्मीको व्यावसायिक तथा आर्थिक सुरक्षाका साथै स्वास्थ्य सामग्रीको उपलब्धता र बीमा गर्न जरुरी रहेको सुझाव दिइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy