Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

तीन जिल्लामा किसानको झण्डै चार अर्ब क्षति

नेपालगञ्ज । बाँके र बर्दियामा यस वर्ष फौजी किराले १४ हजार २ सय ६४ हेक्टर क्षेत्रफलको धान क्षति भयो । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार त्यसबाट १५ हजार ३ सय ६ घरधुरी प्रभावित भए । बाँकेमा मात्र ९० प्रतिशत क्षति भएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - जिल्लाका १३ हजार ३ सय ९१ हेक्टरको धान उत्पादनमा क्षति भयो । जसबाट जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा मात्र ७ हजार ७ सय ७४ हेक्टर क्षेत्रफलमा क्षति भएको छ ।

डुडुवामा २ हजार १ सय ३२ हेक्टर, जानकीमा १ हजार ८ सय हेक्टर र नरैनापुरमा एक हजार पाँच सय ६९ हेक्टरमा क्षति भयो । बर्दियाको ८ सय ७३ हेक्टरमा धानमा क्षति भएको छ । मधुवन नगरपालिकामा ३ सय ८६ हेक्टर, बाँसगढी नगरपालिकामा २ सय हेक्टर र ठाकुरबाबा नगरपालिकामा १ सय ३९ हेक्टरमा क्षति भएको छ ।

गत वर्षको उत्पादनसँग तुलना गर्दा यस वर्ष किसानले बाँकेमा ५६ करोड ९४ लाख रुपैयाँ र बर्दियामा ४४ करोड ५५ लाख रुपैयाँ गरी किसानले एक अर्बभन्दा बढीको क्षति व्यहोर्नु प¥यो । यस आर्थिक वर्षमा धान मात्र होइन, बाँके र बर्दियामा खाद्यान्न बाली, दलहन, तेलहन, लहरे बाली र तरकारीमा कम्तीमा पनि ४ प्रतिशतदेखि बढीमा ७६ प्रतिशतसम्म क्षति भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाउँछ ।

बमौसमी वर्षाका कारण यो वर्ष दुवै जिल्लामा गहुँको उत्पादन बढेको देखिन्छ । क्षेत्रफल वृद्धि भएकाले उत्पादन बढेको देखिए पनि उत्पादकत्व भने ३ देखि ७ प्रतिशतसम्म घटेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल बताउँछन् ।

खजुरा गाउँपालिकाको स्मार्ट कृषि गाउँका धेरै किसानले करेला, टमाटर र काँक्रो उत्पादन नै लिन पाएनन् । लकडाउनका बेला विषादी किन्ने पसल बन्द भएका कारण किसानले क्षति व्यहोर्नुपरेको स्मार्ट कृषि गाउँका संयोजक लालबहादुर खत्री बताउँछन् । स्मार्ट कृषि गाउँकै ५० बिघाको टमाटर र ५ बिघाको काँक्रामा क्षति भयो । यहाँको मकै पनि अमेरिकन फौजी किराले सखाप पा¥यो

खजुरा–२ सीगाउँका गेनालाल मुराउले १० हेक्टर क्षेत्रफलमा लगाएको टमाटर बेमौसमी वर्षाका कारण एउटा पनि उत्पादन लिन पाएनन् । ‘नौ लाख रुपैयाँ लागेको खर्च नै डुब्यो’, उनले दुःखेसो पोखे, ‘अघिल्लो वर्ष हरेक दिन ४० क्विन्टल टमाटर बेच्थें। यस वर्ष एक दाना पनि बजार गएन । अलि–अलि बचेको टमाटर लकडाउनका बेला चौपायाले खाएर सके ।’

बेमौसमी वर्षा, किराको प्रकोप र लकडाउनका कारण एक वर्षमा मात्र दुई जिल्लामा ३ अर्ब ६२ करोड २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । बर्दियामा एक अर्ब ८७ करोड ३७ लाख ४१ हजार रुपैयाँ र बर्दियामा एक अर्ब ७४ करोेड ८५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

औसत बजार मूल्य राखेर निकालिएको यो हिसाब बजारको वास्तविक मूल्यअनुसार गर्दा अझै धेरै क्षति भएको हुन आउने कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy