काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भैरवसुन्दर श्रेष्ठले सोमबार जाजरकोट जिल्ला प्रशासन अगाडि धर्ना बसिरहेका माथि अनावश्यक लाठीचार्र्ज, अश्रु ग्यास प्रहार गर्ने, अनावश्यक गोली चलाउने र चलाउन आदेश दिनेमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद श्रेष्ठले समय माग गरी हिजो जाजरकोट जिल्ला प्रशासन कार्यालय अगाडि न्यायको पक्षमा प्रदर्शन गर्दैगर्दा प्रहरीलाई गोली चलाउने आदेश कसले दियो भन्ने प्रश्न गरे । उनले भने, “रुकुम घटनाबारे सरकारले छानबिन समिति बनाएको छ, संसदीय छानबिन समितिले काम थालेको छ, अदालतमा मुद्दा परिसकेको छ, तर हामी कसलाई बचाउन लागिरहेका छौँ, कुन पक्षलाई बचाउन लागिएको छ, हामीलाई शङ्का छ, न्याय मर्नु हुँदैन ।”
यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र साथी लिएर केटीको घरमा जाँदै गर्दा सो घटना भएको जनाइएको छ । नवराजसँगै केटीका घरमा गएका छ जनाको शव भेरी नदीमा भेटिएको थियो । निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै दलित समुदायले देशैभरी प्रदर्शन गर्दै आएका छन् । उनले प्रहरीको छानबिन टोलीले मृतकको शरीरमा चोटैचोट भएको प्रतिवेदन सार्वजनिक गरिसकेका सन्दर्भमा कसैको दबाबमा चिकित्सकले भेरी नदीमा हामफालेर मृत्यु भएको भनी शव परीक्षण रिपोर्ट निकालेको आरोप लगाए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: