कैलाली । कैलाली बर्दगोरिया गाउँपालिका–६ बास्कोटीस्थित शिवमन्दिर सामुदायिक भवनको टस निर्माण गर्न प्रदेश सांसद विकास कोष (प्रदेश पूर्वाधार विकास कार्यक्रम) को १४ लाख रुपैयाँ छुट्ट्याइएको छ ।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - प्रदेश सांसद नन्दबहादुर साउदको ३ करोडको कोषबाट त्यो रकम राखिएको हो । प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढीले त्यो रकम खर्च गर्न कोरोना संकटबीच २३ जेठमा उपभोक्ता समिति अध्यक्ष रवीन्द्र चौधरीसँग सम्झौता गरेको छ ।
चालू आर्थिक वर्ष सकिन लाग्दा कोषको बजेट सिध्याउन गरिएको हतारको यो एउटा दृष्टान्त हो । जेठ अन्तिम साता सम्झौता गरी असारमा ‘विकास गर्ने’ पुरानो रोग कोरोना कहरमा पनि दोहोरिएको छ । प्रदेश सांसद पूर्णा जोशी भन्छिन्, ‘लकडाउनमा विकासको काम हुँदैन भन्ने सबैलाई थाहा छ । तर, यही बेला सम्झौता गरी बजेट निकासा गरिएको छ ।’
जोशी प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिकी सदस्य पनि हुन् । प्रदेश मन्त्रीहरूलाई समितिले बोलाएर असारे विकास रोक्न निर्देशनसमेत दिएको उनी सुनाउँछिन् । तर, त्यसको अवज्ञा भएको छ ।
सम्झौतापछि उपभोक्ता समिति अध्यक्ष चौधरी २१ दिनभित्र १४ लाख रुपैयाँ बराबरको काम गराउन हतारमा छन्। भन्छन्, ‘सिमेन्ट पाउन थालिएको छ । अब २१ दिनमा काम सकिन्छ । त्यसमा हामीलाई कुनै चिन्ता छैन ।’
त्यसो त कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको इटाहा बाबा मन्दिर निर्माणका नाममा प्रदेश सांसद तारा लामा तामाङले १० लाख विनियोजन गरेका छन् । त्यो बजेटबाट मन्दिर निर्माण गर्न लकडाउनकै बीच २६ जेठमा उपभोक्ता समितिसँग सम्झौता गरिएको छ ।
‘असार १५ गतेभित्र मन्दिर बनाइसक्ने सम्झौता भएको छ’, समितिका सचिव रामप्रवेश राना भन्छन्, ‘सायद सकिन्छ होला ।’ मन्दिर निर्माण सम्झौता भए पनि २८ जेठसम्म जगसमेत खनिएको छैन । तर, १५ असारसम्ममा १० लाखको काम सक्ने दाबी सचिव रानाको छ ।
सुदूरपश्चिम प्रदेशमा ३२ वटा प्रत्यक्ष निर्वाचन क्षेत्र छन्। हरेक प्रदेशसभा सदस्यलाई पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तर्गत ३र३ करोड गरी ९६ करोड छट्ट्याइएकोे थियो ।
यो जेठमा मात्रै ४० करोडभन्दा बढीका योजना सम्झौता भएका छन् । सांसदहरूले जेठमा विषयगत कार्यालयलाई दबाब दिएर सम्झौता गराएका कारण असारभरिमा काम सक्ने चटारोमा उपभोक्ता समितिहरू छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: