काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्य पदार्थ सस्तोडील कम्पनीले उपत्यकाभित्र डेलिभरी चार्ज नलिई घरघरमा पुर्याउँदै आएको छ ।
चक्रपथ बाहिर होम डेलिभरीका लागि खाद्यले सो कम्पनीसँग व्यापार साझेदारी गरी सेवा प्रवाह गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार उक्त कम्पनीले गत आइतबारदेखि निःशुल्क (डेलिभरी चार्ज नलिई) रुपमा खाद्य पदार्थको डेलिभरी गर्दै आएको छ । “बन्दाबन्दीमा चक्रपथभित्र डेलिभरी गरिएको थियो, चक्रपथ बाहिर डेलिभरीको शुरुआती चरण हुँदा खासै अनलाइन अडर आएको छैन्”, उनले भने, “दिनमा पाँचदेखि १० स्थानबाट आएको अडर सस्तो डिलले डेलिभरी गर्दै आएको छ ।” बन्दाबन्दीको समयमा निःशुल्क रुपमा डेलिभरी र कम्पनीले खाद्य पदार्थ खरिदमा १० प्रतिशत छुट दिइएको छ ।
उपभोक्ताले माग गरेको दुई दिनभित्रमा डेलिभरी गरिएको सस्तो डिलले जनाएको छ । नारायणस्थान, पेप्सीकोला, भक्तपुर, भैँसीपाटी, हात्तीवन लगायतका स्थानबाट आएको माग अनुसार हेलिभरी गरिएको सस्तो डिलका प्रमुख वाणिज्य आधिकृत (पिसिओ) अमीतेश राईले जानकारी दिए । उनका अनुसार खाद्यसँग सडक सुविधा भएका स्थानमा डेलिभरी गरिने गरी सम्झौता भएको छ ।
सस्तोडिलबाहेक खाद्यले हाम्रो किरानासँग पनि व्यवसायी साझेदारीको तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार उपभोक्तालाई सहज र सुलभ रुपमा सेवा प्रवाह गर्न माग अनुसारका विभिन्न खाद्य पदार्थहरु बिस्तारै थप गर्दै लगिनेछ ।
शुरुआती चरणमा चामल, दाल, केराउ र कर्णालीको सिमी अनलाइनमार्फत बिक्री गरिएकामा बिस्तारै विभिन्न कम्पनीसँगको समन्वयमा अन्य सामग्रीहरु थप गरिएको छ ।
कम्पनीले गत आइतबारदेखि वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो र जडीबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा सानिटाइजर बिक्रीमा राखेको छ । बन्दाबन्दीमा कम्पनीसँग भएको चिनियाँ इन्फ्रारेड चुला सकिएपछि कम्पनीले वाल्ट्रा कम्पनीसँग समन्वय गरेर रु चार हजारमा चुलो बिक्रीमा राखेको छ । बजारमूल्यभन्दा सस्तोमा चुलो बिक्रीमा राखिएको उनले जानकारी दिए । यसैगरी खाद्यले साल्ट ट्रेडिङ लिमिटेडसँग समन्वय गरी गहुँको पीठो र आयो नून, डिडिसीसँग समन्वय गरी शुद्ध घ्यू बिक्री गर्दै आएको छ ।
कम्पनीसँग भएको रञ्जित स्टिम चामल, सोना चामल, जापानिज चामल, कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्री वितरण हुँदै आएको छ ।
अनलाइन बिक्री वितरणबाहेक काठमार्डौँ उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायक गरी पाँच स्थानबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रतिव्यक्ति रु दुई हजारदेखि पाँच हजारसम्मको खरीदमा १० प्रतिशत छुट दिँदै आएको छ । अनलाइनमार्फत अडर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा ई–सेवामार्फत ‘ई–पेमेन्ट’ गरेर सामान माग गर्नसकिने व्यवस्था गरेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: