Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

कोशीको मुख्यमन्त्री बन्ने निश्चित नहुँदै तिलकुमार मेन्याङ्बोलाई बधाईको ओइरो

खबरडबली संवाददाता

काठमाडौं । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको चर्चा चुलिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कोशी प्रदेश सभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई सामाजिक सञ्जालमा बधाई दिने क्रम बढेको छ।

मुख्यमन्त्री नियुक्तिको औपचारिक निर्णय भइनसक्दै शनिबार दिउँसोदेखि एमालेका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूले फेसबुकलगायत सामाजिक सञ्जालमार्फत मेन्याङ्बोलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई दिन थालेका छन्।

यद्यपि, एमाले स्रोतका अनुसार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने वा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भन्ने विषयमा पार्टीले अन्तिम निर्णय गरिसकेको छैन।

काठमाडौंमा रहेका मेन्याङ्बोले आफूले मुख्यमन्त्रीका लागि पार्टीबाट ‘ग्रिन सिग्नल’ प्राप्त गरेको बताएको छन्। यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई आफ्नै निवासमा बोलाएर छलफल गर्नुभएको बताइएको छ।

हाल कोशी प्रदेशको नेतृत्व एमालेका केन्द्रीय सचिव हिक्मतकुमार कार्कीले गरिरहेको छन्। प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने वा वर्तमान नेतृत्वलाई निरन्तरता दिने विषयमा एमालेभित्र आन्तरिक छलफल जारी रहेको स्रोतको भनाइ छ।

एमाले र नेकपा (माओवादी केन्द्र) बीच भएको नयाँ राजनीतिक समझदारीअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति भएको चर्चा छ।

ताप्लेजुङ निर्वाचन क्षेत्र नं. १ (क)बाट २०७९ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचित मेन्याङ्बो एमालेका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज छन्। उनी यसअघि कोशी प्रदेश सरकारमा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालिसकेको छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending