लन्डन । बेलायतको रिडिङ शहरस्थित एक पार्कमा शनिबार अन्धाधुन्ध आक्रमण हुँदा तीन व्यक्तिको मृत्यु हुनुका साथै अरु तीन जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीले उक्त आक्रमण आतंकवादी हो वा होइन भन्ने बारेमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।
थेम्स भ्याली प्रहरीले एक जना २५ वर्षका व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अरु थप आक्रमणको सम्भावना नरहेको र स्थानीयबासीलाई नआत्तिन आग्रह गरेको छ ।
गुप्तचर विभाग प्रमुख इयान हन्टरले उक्त आक्रमणको भित्री कारणबारे अनुसन्धान भइरहेको जानकारी दिँदै प्रतिआतंकवादी इकाईका गुप्तचरहरुले अनुसन्धान कार्यमा सहयोग गरिरहेको बताए ।
बेलायती संचार माध्यमहरुले उक्त घटना आतंकवादी प्रकृतिको देखिएको र पक्राउ परेका व्यक्ति लिबियाली नागरिक रहेको जनाएका छन् । प्रहरीले पक्राउ परेका व्यक्ति लिबियाली नै रहेको पुष्टि गरेको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले रिडिङमा भएको घटनाबाट पीडितका परिवारप्रति आफूले गहिरो दुःख प्रकट गरेको बताउनुभएको छ ।
बेलायतको राजधानी लन्डनबाट करिब ६४ किलोमिटर पश्चिमस्थित रिडिङको फोरबरी गार्डेन पार्कमा साँझपखको घाम तापिरहेका व्यक्तिमाथि साँझ करिब ७ बजे आक्रमण भएको थियो ।
प्रत्यक्षदर्शीहरुले प्रहरीको कार र हेलिकप्टर तत्कालै घटनास्थलमा पुगेको बताएका छन् । केही मिनेटभित्रै प्रहरीले वरपरका सडकहरु अबरुद्ध गर्नुका साथै घाइतेहरुको उद्धारका लागि दुईवटा एयर एम्बुलेन्स ल्याइएको थियो ।
पार्कमा रहेका प्रत्यक्षदर्शी लरेन्स वोर्टले एक जना एक्लो व्यक्ति ठूलो समूहमा रमाइरहेका व्यक्तिहरुको नजिक पुगेर अन्धाधुन्ध छुरा प्रहार गरेको जानकारी दिए ।
पार्कका अरु मानिसलाई पनि छुरा हिर्काउँदै ती व्यक्ति पार्कबाहिर भागेका थिए । उक्त घटना हुनुअघि फोरबरी गार्डेनमा अश्वेत नागरिकमाथिको विभेद विरुद्ध एउटा प्रदर्शन गरिएको थियो । प्रहरीले उक्त आक्रमण र प्रदर्शनबीच कुनै सम्बन्ध नरहेको जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: