सिमल्टार । काठमाडौँ महानगरपालिका सङ्घीय सरकारको राजधानी भएको स्थल हो । महानगरपालिकामा यस्ता पनि ठाउँ छन् जहाँ आधारभूत सुविधासमेत पुग्न सकेको छैन । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने महानगरपालिका–६ स्थित सिमल्टार नामक बस्ती ओझेलमा परेको स्थानीवासीको गुनासो छ । करिब ५०० घर र पाँच हजारभन्दा बढीको जनसङ्ख्या बसोबास गर्ने सिमल्टारको विकास निर्माणमा वडा एवं महानगरपालिकाको ध्यान नगएको साहित्यकार रामकुमार पण्डितले बताए ।
कुना काप्चामा परेको भागको सन्तुलित विकास गर्ने उद्देश्यले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा तीन तहको सरकार गठन भए पनि राजधानीकै काँठ क्षेत्रका विकासमा जनप्रतिनिधिको ध्यान जान सकेको छैन । जनप्रतिनिधि मत केन्द्रित राजनीतिमै रमाइरहेका छन् । यस्ता स्थलको विकासमा कुनै पनि दलको ध्यान जाने गरेको छैन । अहिलेसम्म सिमल्टारबाट वडा तहमा निर्वाचन लड्नसमेत कुनै दलबाट स्थानीयवासीले टिकट समेत पाउँदैनन् भन्ने गुनासोसमेत यहाँका बासिन्दाको छ ।
महानगरपालिका–६ मा विश्वमै चर्चित ऐतिहासिक एवं सांस्कृतिकस्थल बौद्ध पर्छ । बौद्ध क्षेत्रमा स्थानीयवासीको सांस्कृतिक गुठी छ । तिनै गुठीका सदस्यको मत स्थानीय निर्वाचनमा निर्णायक हुने भएकाले परका बस्ती ओझेलमा पर्ने गरेको हो । जनप्रतिनिधि मतको राजनीतिभन्दा माथि उठ्न सकेनन् भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति नै वितृष्णा फैलने भएकाले सचेत हुनुपर्ने स्थानीयवासी विश्वराम पुडासैनी बताए ।
सिमल्टारमा सडक राम्रो छ्रैन । सडक बत्ती बिग्रिएको वर्षौं भए पनि बनाउनेतिर कसैको ध्यान गएको छैन । ढलको राम्रो प्रबन्ध छैन । खानेपानीको समेत समस्या छ । न्यूरोड, दरबारमार्गकै जत्ति कर तिर्ने सिमल्टारवासी सुविधामा भने त्यहाँका मानिसभन्दा फरक अनुभव गरेकोप्रति महानगरपालिकाको समेत ध्यान गएको देखिँदैन ।
विगत तीन वर्षमा वर्षमा वडाले सबैभन्दा बढी काम सिमल्टारमा गरेको वडाध्यक्ष दीपेन्द्रकुमार लामाले बताए । यस वर्ष पनि त्रिवेणी मार्गमा ढलान भइरहेको, ब्लक छाप्ने काम भइरहेको बताए । महामृत्युञ्जय मन्दिर क्षेत्रमा खानेपानी, ढल, सडक बत्तीको काम भइरहेको पनि उनले जानकारी गराए । विगतमा सिमल्टार महानगरपालिकाकै विकट बस्तीका रूपमा रहेको वडा कार्यालयले जनाएको छ । कुनै ठाउँमा केही काम गर्नुपर्नेमा ध्यान जान नसकेको भए वडा कार्यालयमा जानकारी गराउन पनि वडाध्यक्ष लामाको आग्रह छ ।
समग्र वडाको समुचित विकास गर्न वडा कार्यालय लागिपरेको जनाइएको छ । बन्दाबन्दीका बेलामा राहत वितरणमा समेत वडा कार्यालय सिमल्टार क्षेत्रलाई प्राथमिकतामा राखेको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: