Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

आफ्नै भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर हुँदाहुँदै अरुको किन प्रयोग गर्ने ?

काठमाडौ । कोभिड¬–१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै विश्व समुदाय अहिले सूचना प्रविधिको प्रयोगमा निकै अगाडि देखिएको छ । कोरोनाका कारण भौतिक दूरी कायम गर्नुपर्ने अवस्था सिर्जना भएपछि विश्व जगत्नै ‘भर्चुअल’ प्रविधिको प्रयोगमा जुटेको छ । नेपालमा पनि विद्यालय, विश्वविद्यालयका अध्ययन, अध्यापन, कार्यालयका काम तथा बैठक सबै भर्चुअल रुपमा हुँदै आएका छन् ।

भर्चुअल बैठकका लागि विभिन्न भिडियो ‘कन्फ्रेन्सिङ सफ्टवेयर’को प्रयोग भइरहेको छ । तर पछिल्ला समय ती सफ्टवेयरको प्रयोगमा ठूलो चुनौती देखिएको छ । सफ्टवेयरको सुरक्षालाई लिएर विश्वमा अहिले ठूलो बहस हुँदै आएको छ। भर्चुअल बैठकका लागि लोकप्रिय मानिएको जुम सफट्वेयमा पछिल्लो समय ह्याकरले आक्रमण गरेर अश्लिल भिडियो देखाइएको खबर सार्वजनिक भइरहेका छन् ।

सोमबारमात्र नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक भर्चुअल बैठकमा अश्लिल भिडियो सार्वजनिक भएपछि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले उक्त घटनाको छानबिन गर्न निर्देशन नै दिएको छ । सो कार्यक्रममा पर्यटनमन्त्रीसहित २०० बढीको सहभागिता थियो । केही दिन अघि जुममार्फत सञ्चालन भइरहेको एक भर्चुअल बैठकमा पनि त्यस्तै घटना भएको थियो ।

सामाजिक सञ्जालमा मात्र नभइ प्रविधिको सुरक्षालाई लिएर सदनमा पनि बहस शुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कोमल वलीले पछिल्ला समय सूचना प्रविधिको प्रयोग ब्यापक बन्दै गएको अवस्थामा त्यसको गोपनीयता माथि ठूलो प्रश्न चिह्न खडा गरेको बताइन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले निर्माण गरेको भिडियो कन्फ्रेन्सिङ सफट्वेयर प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

“अहिले हामी ‘डिजिटल वल्र्ड’मा सक्रिय छौँ । डिजिटल सफ्टवेयरको माध्यमबाट हामी भर्चुअल कन्फ्रेन्सिङ, मिटिङ तथा कक्षा सञ्चालन भइरहेका छन्, तर अहिले जुमलगायत विभिन्न सफ्टवेयरमा सुरक्षाको प्रश्न उठिरहेको छ”, उनले भनिन्, “राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकार आफैँले ‘सोर्स कोड’ प्रयोग गरेर निर्माण गरेको भिडियो कन्फ्ररेन्स ‘टुल’ पनि तयार छ, आफ्नै सफ्टवेयर हुँदाहुँदै अन्य किन प्रयोग गर्ने रु” उनले अन्य सफ्टवेयर प्रयोग गर्नुभन्दा नेपालमा निर्माण गरिएको सफ्टवेयर प्रयोग गरिनुपर्नेमा जोड दिइन्।

सूचना प्रविधि विभागले निर्माण गरेको भिडियो कन्फ्रेसिन्ङ सफ्टवेयरमा २०० बढीले एकैसाथ सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै हाल विद्यालय, विभिन्न कार्यालयमा जुमलगायत विदेशी सफ्टवेरको प्रयोग बढ्दै गएको छ । सोही दलका सांसद उदया शर्मा पौडेलले सरकारले लिपुलेक, कालापानी तथा लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पनि कतिपय कार्यालयमा पूरानै नक्सा प्रयोग गरेको पाइएकाले नयाँ नक्साको प्रयोगमा जोड दिइन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अनिता देवकोटाले सुशासन भाषणामा मात्र सीमित भएको उल्लेख गर्दै पछिल्ला समय महिला तथा बालबालिका हिंसाको घटना बढेकाप्रति सरकारको ध्यानाकर्षण गराइन् । सोही दलका सांसद चक्रप्रसाद स्नेहीले रुकुम घटनामा मृत्यु भएका व्यक्तिको ‘शव परीक्षण रिपोर्ट’ मा पानीमा डुबेर मृत्यु भएको भनिए पनि मृतकको कसरी हातखुट्टा भाँचियो, टाउको फुट्यो भनेर प्रश्न गरे ।

काँग्रेसकै सांसद तारादेवी भट्टले कोभिड–१९ को महामारी दिनप्रतिदिन बढ्दै गएको अवस्थामा कोभिड विरुद्ध लड्न स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन नगरिएको भन्दै सरकारको ध्यानार्षण गराइन्। उनले क्वारेन्टिनमा भएको महिला हिंसाका घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताइन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE