धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले आफ्नो आसनमा बस्न आग्रह गरेका थिए ।
सभामुखको आग्रहपछि पनि प्रतिपक्षी सदस्य आफ्नो आसनमा नबसेपछि एक जनालाई आफ्नो भनाइ राख्न अनुमति दिए । त्यसपछि नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले क्वारेन्टाइनमा बसेका नागरिकलाई बिना स्वास्थ्य जाँच घर पठाउने कार्य भइरहेको, उनीहरुको पिसिआर जाँच नहुँदा सङ्क्रमणको थप जोखिम बढेको क्वारेन्टाइनको अवस्था लथालिङ्ग भई जनता त्रसित हुँदापनि प्रदेश सरकार गम्भीर नभएको भन्दै तत्काल पिसिआरबाट स्वास्थ्य जाँचको व्यवस्था गर्न र नागरिकलाई व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गरी रोग नियन्त्रणमा प्रभावकारी काम गर्न माग गरे ।
त्यसपछि पनि प्रतिपक्षी सदस्य आफ्नो आसनबाट उठेर विरोध गरेपछि सभामुखले बैठक स्थगन गरिएको जानकारी गराए। आजको बैठकमा सरकारको आगमी आर्थिक वर्षका लागि ल्याइएको बजेट कार्यक्रममाथि छलफल शुरु गर्ने कार्यसूची रहेको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: