मेक्सिको । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.४ म्याग्नीच्यूडको भूकम्प गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय अधिकारीहरुले भूकम्पबाट जोगिन सयौं मानिस घरबाहिर भाग्नुका साथै स्थानीय तेल प्रशोधन कारखाना पनि बन्द गर्नु परेको बताएका छन् ।
मेक्सिकोको राजधानी मेक्सिको सिटीभन्दा करिब ७०० किलोमिटर टाढाको ओक्जाका शहरका बासिन्दा भूकम्पको मुख्य झड्का र ससाना परकम्पबाट त्रसित बनेका छन् । मृत्यु भएका सबै व्यक्ति यही शहरका बासिन्दा हुन् । उनीहरुलाई भूकम्पका कारण भत्किएको घरले थिचेको थियो ।
कोरोनाभाइरसको महामारीका कारण शहर बजार बन्द गरेर घरभित्र बस्नु परेका नागरिकलाई भूकम्पले सडकमा ल्याएको स्थानीयबासीको भनाई छ । ओक्जाका शहरका ६० वर्षीय फूल बिक्रेता जुआ मार्टिनेजले बजारमा चहलपहल शुरु हुन नपाई भूकम्पले अर्को समस्या थोपरेको गुनासो गर्नुभयो ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहभन्दा २३ किलोमिटरमुनि मात्र रहेको थियो ।
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले भूकम्प निकै शक्तिशाली भए पनि बन्दरगाह, बिमानस्थल, तेल प्रशोधन केन्द्रहरु र विद्युतगृह जस्ता रणनीतिक पूर्वाधारमा कुनै क्षति नभएको बताएका छन्।
मेक्सिकन आयलले ओक्जाकास्थित सालिना क्रुज प्रशोधन केन्द्रलाई पूर्व सावधानीका लागि बन्द गरिएको जनाएको छ । भूकम्पका कारण एउटा प्लान्टमा आगो समेत देखिएको कम्पनीले जनाएको छ । यही प्रशोधन केन्द्रमा कार्यरत एक मजदूर माथिबाट लडेर मृत्यु भएको थियो ।
मेक्सिकन आयलले मुलुकका अन्य रिफाइनरी पूर्ववत रुपमा सञ्चालनमा रहेको जनाएको छ ।
भूकम्प गएको छ घण्टाको अवधिमा ४.६ म्याग्नीच्यूडसम्मका ४४७ वटा परकम्प गएका अधिकारीहरुले बताएका छन् ।
भूकम्पबाट भएको जनधनको अरु क्षतिको विवरण संकलन गर्ने तथा उद्धारका कार्यहरु भइरहेको मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ । एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: