ढाका । महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ ।
भारतीय सीमास्थित सहर डामुरहुदामा रहेको एक क्याफेमा लकडाउनको उल्लङ्घन गरी १७ वर्षदेखि ३२ वर्ष उमेर समूहका मेसीका शुभेच्छुकहरूले उहाँको ३३ औँ जन्मदिन मनाइरहेका समय बुधबार
स्थानीय प्रशासक, कानूनी अधिकारी तथा प्रहरीले छापा मारेको थियो । बङ्लादेशमा अर्जेन्टिनी स्ट्राइकर मेसीलाई विश्वकै नमूना खेलाडी मान्ने प्रशंसकहरूको ठूलो सङ्ख्या रहेको बताउने गरिएको छ ।
क्याफेमा जन्मदिन मनाइरहेका ती व्यक्तिहरूलाई क्याफेबाहिर पुगेको घुम्ती (मोबाइल) अदालतमा उपस्थित गराई प्रतिव्यक्ति १०० टाका (करिब १।१५ अमेरिकी डलर) जरिवाना गरिएको न्यायाधीश फिराज हुसेनले बताए । महामारीमा भेला भै निषेधित गतिविधि सञ्चालन गरेको आरोपमा क्याफेलाई ७० अमेरिकी डलर जरिवाना गरिएको उनले बताए ।
“उनीहरूले साँझमा घरबाहिर (क्याफे)मा भेला भई सामाजिक दूरी कायम गर्नुपर्ने राज्यको नियम तथा लकडाउन आदेशको उल्लङ्घन गरेकोले जरिवाना गरिएको हो,” हुसेनले एएफपीलाई बताए ।
बङ्गलादेशको सरकारले गत मार्चदेखि जारी लकडाउनको घोषणालाई क्रमश सहज बनाउँदै गएको छ । यद्यपि सामाजिक दूरी कायम गर्ने कुरालाई भने कडाइसाथ पालना गर्न आग्रह गरिएको छ ।
बङ्गलादेशमा बिहीबारसम्म कोरोना भाइरस सङ्क्रमित एक हजार ५८२ जनाको मृत्यु भएको छ भने एक लाख २२ हजार व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सरकारको तथ्याङ्क रहेको छ । तर स्वास्थ्यविद्हरूले बङ्गलादेशममा पर्याप्त कोभिड–१९ परीक्षण नभएको भन्दै कोभिड–१९ सङ्क्रमित र मृतकको सङ्ख्या योभन्दा अत्यधिक बढी रहेको बताइएको छ ।
बङ्गलादेशमा फुटबल निकै लोकप्रिय खेल मानिने गर्छ । तर राष्ट्रिय टोली तथा खेलाडीहरूले विश्वव्यापीरूपमा व्यवसायिक खेलहरूमा खासै स्थान लिन नसक्दा यहाँका खेलप्रेमीहरूले आफ्नो समर्थन र माया विदेशी समूह वा खेलाडीलाई दिने गर्छन् ।
मेसीको जन्मदिनको पार्टी गरिएको ‘वल्ड टाउन कफी हाउस’ का मालिक जाहिदुल अलामले आफूले जरिवाना तिर्नुपरेको स्वीकार गर्दै यो बङ्गलादेशी फुटबल फ्यानका लागि सहयोग भएको बताए।
युवाहरूले मेसीको जन्म दिनको खुशियाली मनाइरहेका समय आफूले उनीहरूलाई बलपूर्वक घर फर्काउन नसकेको अलामले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: