Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

अकूत सम्पत्ति कमाएको अभियोगमा मालपोत कार्यालयका लेखापालबिरुद्द मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा आज दायर गरेको छ ।

आयोगका अनुसार २०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट रापअन द्वितीय श्रेणीमा प्रवेश गरेका ठाकुर सहलेखापाल पदमा नियुक्ति भई २०७२ साल वैशाख २२ मा लेखापालमा बढुवा हुँदासम्म रु तीन करोड चार लाख ९४ हजार ३०८ बराबरको सम्पत्ति गैरकानूनीरुपमा आर्जन गरेको पाइएको छ ।

ठाकुरले सार्वजनिक सेवाको पदमा रहँदा रु तीन करोड १५ लाख ७५ हजार १६ बराबरको सम्पत्ति सिर्जनामा खर्च लगानी गरेको देखिएको छ । स्रोत खुल्न नआएको रु तीन करोड चार लाख ९४ हजार ३०८ बराबरको सम्पत्ति अवैध रहेको आयोगले ठहर गरेको छ ।

यस्तै आयोगले ठाकुरका नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा रहेको मौज्दात रु दुई करोड ७६ लाख ४४ हजारसमेत जफत गर्न माग गरेको छ । आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

त्यस्तै आयोगले वीरेन्द्रनगर नगरपालिका– ४ को वडा कार्यालयमा प्रशासन सहायक करार सेवामा कार्यरत रत्नबहादुर विकलाई पक्राउ गरेको छ । आयोगका अनुसार वडा कार्यालयमा उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जग्गा नगरी हिनामिना गरेको अभियोगमा आयोगको सुर्खेत कार्यालयबाट गएको आयोगको टोलीले शनिबार उनकै घरबाट शनिबार पक्राउ गरेको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE