Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

पाल्पामा ४० प्रतिशत धान रोपाइँ

रामपुर । पाल्पा जिल्लामा हालसम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । पर्याप्त सिंचाइको सुविधा भएका खेतमा कृषकले धान रोपाइँ शुरु गरेका छन् ।

हालसम्म जिल्लाको माथागढी गाउँपालिकामा सबैभन्दा धेरै धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए । उनका अनुसार यस क्षेत्रमा मात्रै करीब ५० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको छ । तिनाउ गाउँपालिकामा करीब ४० प्रतिशत रोपाइँ भएको छ ।

रम्भा गाउँपालिकाका हुँगी, हेक्लाङलगायत क्षेत्रमा करीब ३० प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी तानसेन नगरपालिकाको तल्लो क्षेत्र माडी र अर्गलीफाँट तथा पूर्वखोला र बगनासकालीमा फ्याट्टफुट्ट धान रोप्ने कार्य कृषकले शुरु गर्न थालेका छन् ।

खाली रहेका, सिंचाइको पर्याप्त सुविधा भएका, खोला नजीकका खेतमा कृषकले धान रोपाइँको काम शुरु गर्न थालेको अर्यालले बताए । विगत वर्षमा जिल्लामा मनाइँदै आएको राष्ट्रिय धान दिवस भने यस वर्ष कोरोना भाइरसका कारण हुन सकेन ।

मकैबाली भएका खेतमा भने मकै पाकेपछि असारको तेस्रो हप्तापछि मात्रै रोपाइँ सुरु गरिन्छ । कतिपय आकाशको पानीको भरमा मात्र रोपाइँ हुने खेतमा भने पर्याप्त वर्षा भएपछि मात्र धान रोपिने गरिन्छ । जिल्लाको दोस्रो बालीका रुपमा रहेको धान खेती आठ हजार ६२० हेक्टर जमीनमा गरिँदै आएको छ । रामपुरफाँट, माडीफाँट, अर्गलीफाँट, हुँगी, दोभान, हेक्लाङ पूर्वखोला क्षेत्र धान उत्पादनका हिसाबले मुख्य क्षेत्र मानिन्छ ।

पछिल्लो समय कृषि ज्ञानकेन्द्र तथा स्थानीय तहले उन्नत जातका धानका बीउ कृषकलाई वितरण गर्न थालेपछि रैथाने बीउ भने जिल्लामा लोप हुँदै गएका छन् । बास्मती, झिनुवा, थापाचिनी, बर्मेली, जर्नेली, अनदीलगायत धान लगाउने कृषक भने कमै लगाउने गरेको भेटिन्छन् ।
काँसजरीमा खानेपानी सुविधा

वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आइरहेका रामपुर नगरपालिका –४ काँसजरीमा अहिले खानेपानी सुुविधा पुगेको छ । ‘रामपुरमा पानी सङ्कट’ शीर्षकको समाचार गत जेठ २९ गते राससमा प्रकाशन भएपछि गाउँमा पानी वितरण प्रक्रिया अगाडि बढाइएको हो ।

नगरपालिका र रामपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको समन्वयमा पहिलो पटक खानेपानी लगिएको छ । अहिले धारा जडान गरेर पानी उपभोग गर्न पाउँदा स्थानीयवासी खुशी छन् । नगरपालिकाले रु पाँच लाख र खानेपानी आयोजनाले प्राविधिक सेवा सुविधा दिएपछि पानी ल्याउन सफल भएको रामपुर –४ का वडा सदस्य तथा नगर कार्यपालिका सदस्य सीमादेवी रानाले बताए ।

नगरपालिकाको केन्द्र नजीकै रहेको काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गथ्र्यो । टोलमा दिगो खानेपानीको प्रबन्ध नहुँदा पिउने पानीदेखि गाईभैँसीलाई खुवाउन र नुहाउन धुन, कुवा, खोल्सी तथा खोलामा पानी खोजेरै दैनिकी गुजारा चलाउनुपर्ने बाध्यताको अन्त्य भएकामा स्थानीयवासी भीमकुमारी सोती खुशी व्यक्त गर्छिन् ।

स्थानीयवासी अमृता मल्ल पनि घर घरमा धारा जडान गरेर पानी आउँछ भन्ने आफूले कहिल्यै नसोचेको बताउछन् । रामपुर खानेपानी आयोजनाले तीन दिनसम्म प्राविधिक परिचालन गरेर २५ धरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराएको अध्यक्ष राजुप्रसाद श्रेष्ठ बताउछन् । निःशुल्क रुपमा घरघरमा धारा जडान गरेर खानेपानी उपभोग गर्न पाउँदा स्थानीयवासी खुशी भएका छन् । पानी उपभोग गरेरवापत मासिक शुल्क भने स्थानीय उपभोक्ताले बुझाउनुपर्ने हुन्छ । काँसजरी क्षेत्रका करीब दुई सय मानिस खानेपानी सुविधाबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy