Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

मनसुनको पहिलो पन्ध्र दिनमै गत वर्षभन्दा बढी मानवीय क्षति

काठमाडाै‌ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा मनसुन सक्रिय भएकै दिन गत जेठ ३१ गते घरमा पहिरो खस्दा दुई परिवारका नौ जनाले ज्यान गुमाए । चबन्न घर रहेको बस्तीको बीचमा पहिरो खस्दा तीन घरगोठ बगाएको थियो भने अझै नौ घर उच्च जोखिममा रहेका छन् ।

असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरियो । त्यहाँ पहिरो खस्दा चार जनाले ज्यान गुमाए भने चारवटा गाडीसमेत पुरिएको थियो । मनसुन सक्रिय भएको पहिलो १५ दिनको अवधिमा पहिरोका कारण मात्रै १८ जनाको दुःखद् निधन भएको छ । अन्य घटना जोड्दा ३१ जनाले ज्यान गुमाइसकेका छन् । गत वर्ष यो अवधिमा १४ जनाको ज्यान गएको थियो ।

सो अवधिमा गत वर्षको तुलनामा विपद्का घटना केही कम देखिए तर मानवीय क्षति भने निकै बढी हुन पुगेको छ । मनसुन शुरु भएको पहिलो १५ दिनको तथ्याङ्क विष्लेषण गर्दा पछिल्लो १० वर्षमा यो वर्ष विसं २०७० पछिकै सबैभन्दा बढी मानवीय क्षति भएको पाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा गत वर्ष १५९ घटना भएकोमा यस वर्ष १४३ घटना भयो । घटना १६ ले कमी आएपनि मानवीय क्षति भने दोब्बर बढी अर्थात गत वर्ष १४ को मृत्यु भएकामा १७ बढेर यस वर्ष ३१ जनाले ज्यान गुमाए । पहिरोबाहेक यो अवधिमा चट्याङबाट १० र सर्पको टोकाइबाट तीन जनाको ज्यान गएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।

पछिल्लो १० वर्षको उक्त १५ दिनको तथ्याङ्क विष्लेषण गर्दा विसं २०७० मा सबैभन्दा बढी बाढी, पहिरोका घटना भएको थियो । बाढीका ४९ र पहिरोका २३ घटना भएकोमा त्यस साल बाढीबाट ५२ र पहिरोबाट ३० गरी ८२ जनाले ज्यान गुमाएका थिए । त्यसपछि अहिले नै बढी मानवीय क्षति भएको छ । यस वर्ष मनसुन शुरु भएपछिको १५ दिनमा पहिरोका घटना बढी भयो ।

मौसमविद्का अनुसार मुलुकमा सामान्यत असार पहिलो साताबाट मनसुन सक्रिय हुन्छ । यसपालि एक हप्ता अघि नै जेठ ३० गतेबाट मनसुन सक्रिय भएको थियो । प्रिमनसुनकै समयमा पर्यात पानी पर्दा अहिले नदीनालाको सतहमाथि आइसकेको छ । उपत्यकालगायत विभिन्न शहरमा थुप्रिएको फोहर नदीले बगाएर लगिसकेको छ । सानो पानी पर्दा नै ठूलो क्षतिको जोखिम छ ।

मनसुनका बेला बाढी र पहिरोका घटना बढी हुन्छ । प्र्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेल विपद् जोखिम न्यूनीकरण र उद्धारमा समस्या नहोस् भनेर यसपालि बेलैमा व्यवस्थापनको पाटोलाई चुस्त पारिएको बताउनुहुन्छ । उहाँका अनुसार कुन ठाउँमा उद्धार सामग्री कति छन्, कुन क्षेत्रमा कति डोजर, स्काभेटर र लोडर छ, राहत सामग्री र उद्धार सामग्री के के छ । कहाँकहाँ परिचालित गर्नुपर्छ भनेर सबै विवरण सङ्कलन गरी तयारीमा राखिएको छ । प्राधिकरणले विभिन्न निकायसँग मिलेर असरमा आधारित पूर्वसूचना प्रणाली अवलम्बन गरी दैनिक विपद् बुलेटिनसमेत प्रकाशित गरेर समुदायलाई सुसूचित पार्दै आएको छ ।

यस वर्ष ३० लाख मानिस प्रभावित हुने अनुमानका साथ आवश्यक तयारी गरिएको गृहमन्त्रालयले जनाएको छ । कोभिड–१९ को जोखिमका साथै विपद् पनि शुरु भएकाले तालमेल मिलाएर तयारी गर्नुपर्ने हुँदा आवश्यक व्यवस्थापनमा जुट्न गृहमन्त्री रामबहादुर थापाले मातहतका सबै निकायमा आवश्यक समन्वयका लागि निर्देशन दिइसक्नुभएको छ ।

गृहमन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ का अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । विपद् जोखिम व्यवस्थापनविज्ञ डा कृष्ण देवकोटा कोभिड–१९ का कारण यसपटक विपद् व्यवस्थापनमा थप जोखिम र जटिलता रहेकाले त्यहीअनुसारको तयारी आवश्यक रहेको सुझाव दिनुहुन्छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औषत पानी पर्ने अनुमान गरिसकेको छ । साउनमा थप बढ्नसक्ने अनुमान छ । विभागका अनुसार आगामी तीन दिन सबै प्रदेशमा सामान्य बदली हुने र केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकोे छ ।

ती क्षेत्रका नदीमा पानीको बहाब बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE