Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

कोरोना परीक्षण गराउनेको संख्या ह्वात्तै बढ्यो, अस्पतालमा भीड नियन्त्रण गर्न कठिन

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ ।

काठमाडौँ उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै अस्पतालमा चाप ह्वात्तै बढेको हो । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि अस्पतालमै भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको अस्पताल निर्देशक डा सागर राजभण्डारीले बताए। व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको उहाँले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरुवा रोग नियन्त्रण महाशाखाबाट कुनै निर्देशन नआएको उनको भनाइ छ । उनले भने, “मन्त्रालयाटै स्पष्ट निर्देशन नहुँदा समस्या व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको छ ।” अहिले दैनिक ७०० देखि एक हजार ३०० सम्म कोरोना परीक्षणका लागि आउने गर्द छन् । शुक्रबार ९०० जना परीक्षणका लागि आएको जनाइएको छ ।

अस्पतालले सामाजिक दूरी कायम गर्न आग्रह गर्दै आएको छ । भीड धेरै हुँदा दूरी कायम गर्न गाह्रो भएको छ । अस्पतालले ट्राकिङ गरेर आश्यकको मात्रै परीक्षण गरिरहेको छ । अस्पतालले सङ्क्रमणको जोखिममा रहेका वर्ग वा सङ्क्रमित बढी भएका स्थान वा सङ्क्रमितसँग सम्पर्कमा आएकालाई रातो श्रेणीमा पार्ने गरेको छ । उच्च जोखिमका मानिसलाई रातो दिएर परीक्षण गर्ने व्यवस्था मिलाएको छ । परीक्षण गर्न नपर्ने छन् उनीहरुलाई हरियो दिएर पठाउने गरेको छ ।

अस्पतालमा अहिले जोखिममा नपर्ने व्यक्ति बढी सङ्ख्यामा परीक्षणका लागि आइरहेका छन् । बन्दाबन्दी हुनासाथ काठमाडौँ उपत्यका बाहिर गएकालाई अहिले सम्बन्धित पालिका वा घरबेटीले परीक्षण गराएर मात्रै प्रवेश गर्न भनेका छन् । कर्मचारी नै मन्त्रालय जाने जनाउँदै पिसिआर परीक्षण गर्न आउने गरेका बताइएको छ । अस्पतालले पहुँच भएका व्यक्तिभन्दा पनि आवश्यक व्यक्तिको मात्रै परीक्षण गर्दै आएको छ ।

बन्दाबन्दीमा उपत्यका बाहिर गएकाले अहिले घरबेटीलाई देखाउन परीक्षण गर्नेको सङ्ख्या सबैभन्दा बढी छ । प्रहरी हिरासतमा रहेर म्याद थप गर्न वा पेश्कीका लागि अदालत जानेलाई अदालतले परीक्षण गरेर रिपोर्टको माग गरेको छ । अदालतको प्रयोजनका लागि आउनेमध्ये धेरै जोखिम नभएको भएकाले उनीहरुको परीक्षण नगरिने निर्देशक डा भण्डारीले बताए । उनले भने, “अदालतबाट आउने सबै जोखिममा नभएकाले हामीले आवश्यकको मात्रै गरिरहेका छौँ ।”

कोभिड–१९ को जोखिम कम गर्न अस्पतालको परिसरमा भीडभाड कम गर्न प्रशासनले भनेको छ । अस्पतालमा आउनेको ट्रेसिङ गर्ने, हिस्ट्रि जानकारी लिने, तापक्रम हेर्ने गरिएको छ । व्यक्तिलाई सङ्क्रमणको जोखिम भएकामा रातो र नभएमा हरियो दिइनेछ ।

सरकारी वा गैरसरकारी संस्था वा नेपाल प्रहरीलगायत सुरक्षा निकायले पनि उपत्यका बाहिरबाट भर्खर आएकालाई परीक्षण अनिवार्य गरेको उहाँले बताए । अस्पतालले पहिले व्यक्तिका विवरण सङ्कलन गरेर आवश्यकलाई मात्रै परीक्षण गर्दै आएको छ । उपत्यका बाहिरबाट आउनेमध्ये जोखिममा रहेकाको मात्रै परीक्षण हुने गरेको छ । उनले भने, “परीक्षण गर्नु पर्दैन भनेकाहरु कर्मचारीलाई धम्की दिने गर्छन् ।”

दैनिक २८८ परीक्षण गर्नसक्ने अस्पतालको क्षमता छ । अस्पतालले एक दिन गरेको परीक्षणको अर्को दिनमा रिपोर्ट दिने गरेको उहाँले जानकारी दिए। सरकारले केही अस्पतालबाट अत्यावश्यक परेका व्यक्तिले शुल्क तिरेर पनि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । यसले यहाँको चाप कम हुने आशा गरिएको छ । उन भने, “गर्नसक्ने उताबाट गर्छन् भने विपन्न वर्ग निःशुल्क गर्नका लागि तोकिएका अस्पताल जानेछन् ।”

अस्पतालमा आएकामध्ये झण्डै २० देखि २५ प्रतिशतको मात्रै परीक्षण हुने गरेको अस्पतालले जनाएको छ । परीक्षणको आवश्यक नपर्ने बाँकी ७५ देखि ८० प्रतिशतलाई काउन्सिलिङ गरेर घर पठाइने गरेको छ । उपत्यकामा कुनै पनि पालिकाले कोभिड–१९ को जोखिम कम गर्न आवश्यक तयारी नगरेको उनको आरोप छ । सबैभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको काठमाडौँ महानगरपालिकाले पनि कुनै तयारी गरेको छैन । उनले भने, “एउटा राम्रो क्वारेन्टिनसमेत व्यवस्था भएको पाइँदैन ।”

अस्पतालमा अहिले दुई जना सघन उपचार कक्षमा र आइसोलेशनमा २२ जना छन् । अस्पतालले केही समय पहिले मात्रै सघन उपचार कक्ष श्याय बढाएको थियो । अस्पतालले दिँदै आएका धेरै किसिमका सेवा वीर अस्पतालमा सारिएको छ । रेविजविरुद्धको खोप भने यहीँबाट लगाइने गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE