एजेन्सी । अमेरिकाको गुप्तचर निकाय एफबीआईका निर्देशकले गुप्तचरी र चोरीका कारण चीन सरकार अमेरिकाका लागि “सबैभन्दा ठूलो र दीर्घकालीन खतरा” भएको दाबी गरेका छन्।
वाशिङ्टनस्थित हड्सन इन्स्टिट्यूटमा बोल्दै क्रिस्टोफर रेले चीनका विभिन्न गतिविधिबारे टिप्पणी गरेका हुन्।
चीनले विदेशमा बसोबास गर्ने चिनियाँ नागरिकलाई तारो बनाएको, उनीहरूलाई स्वदेश फर्किन दबाव दिएको र कोरोनाभाइरससम्बन्धी अमेरिकी अनुसन्धानमा बाधा पुर्याउन खोजेको आरोप उनले लगाए।
“चीन जसरी पनि विश्वको एक मात्र शक्तिशाली राष्ट्र बन्न पूरै राज्यसंयन्त्र प्रयोग गरेर प्रयास गर्दैछ,” उनले भने।
मङ्गलवार झन्डै एक घण्टा बोल्दै एफबीआई निर्देशकले चिनियाँ हस्तक्षेप, आर्थिक गुप्तचरी, तथ्याङ्क र पैसा चोरी तथा घुस र दबावमार्फत् अमेरिकी नीतिलाई प्रभावित गर्ने अवैध गतिविधिबारे वर्णन गरे।
“हामी अहिले यस्तो बिन्दुमा पुगेका छौँ जहाँ एफबीआईले प्रत्येक १० घण्टामा चीनसम्बन्धी एउटा प्रतिजासुसी मुद्दा हेर्छ,” रेले भने।
“देशभरिका झन्डै ५,००० वटा प्रतिजासुसी मुद्दामध्ये आधाजति चीनसँग सम्बन्धित छन्।”
चीनले के गर्छ ?
चीनका लागि खतरा मानिने विदेशमा बसोबास चिनियाँलाई लक्षित गर्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेतृत्वमा “फक्स हन्ट” नामक कार्यक्रमको सञ्चालित भएको उनको दाबी छ।
“चीनले व्यापक रूपमा मानव अधिकार उल्लङ्घन गरेको विषय देखाउन खोज्ने राजनीतिक प्रतिद्वन्द्वी, विरोधी र आलोचकबारे हामी कुरा गर्दैछौँ,” उनले भने।
“चीन सरकार उनीहरूलाई फर्किन बाध्य बनाउन चाहन्छ। अनि त्यसका लागि प्रयुक्त चिनियाँ रणनीति भयानक छ।”
तर चीनले आफ्नो योजनाको प्रतिरक्षा गर्दै त्यो भ्रष्टाचारविरोधी प्रयास भएको बताउने गरेको छ।
‘फक्स हन्ट’ अन्तर्गत एक व्यक्ति फेला पार्न नसकेपछि चीनले अमेरिकामा उनको परिवारलाई भेट्न दूत पठाएर “चीन फर्किन वा आत्महत्या गर्न” सन्देश दिएको उनको दाबी छ।
सङ्केत के हो ?
कोरोनाभाइरस महामारी फैलिएको विषयदेखि चीनले हङ्कङमा लागु गरेको नयाँ सुरक्षा कानुनसम्म विविध विषयमा अमेरिकाले चीनको आलोचना गर्दै आएको छ।
वाशिङ्टनस्थित बीबीसी संवाददाता जाउइन फङका अनुसार रेले अमेरिकाका लागि चीन “प्रमुख खतरा” भएको भनेको यो पहिलो अवसर हैन।
तर मङ्गलवार उनले चीनको पूरै राज्यसंयन्त्र विश्वको एक मात्र शक्तिशाली राष्ट्र बन्ने अभियानमा लागेको भन्दै आलोचनाको स्वर सघन बनाएको उनको भनाइ छ।
“यसबाट अमेरिकाले अहिले चीनलाई ‘आक्रामक विपक्षी’ का रूपमा मात्रै हैन, विश्वको नेतृत्व लिने महत्त्वाकाङ्क्षा भएको प्रतिद्वन्द्वीका रूपमा पनि हेरेको सङ्केत पाइन्छ,” उनी भन्छिन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: