Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

तेल संकटका कारण पाकिस्तानमा विद्यालय बन्द, पेट्रोलको मूल्य एकैपटक ५५ रुपैयाँले बढ्यो

खबरडबली संवाददाता

काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आएपछि पाकिस्तान पनि प्रभावित बनेको छ । यसको असर कम गर्न सरकारले सोमबारदेखि आपत्कालीन खर्च कटौती तथा इन्धन बचाउने कदम अपनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले सोमबार राति राष्ट्रको नाममा गरेको टेलिभिजन सम्बोधनमा उक्त कदमको घोषणा गरिएको थियो । खाडी देशले उत्पादन भएर बाहिरिने साँघुरो जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध आउँदा पाकिस्तानको अर्थतन्त्रलाई प्रत्यक्ष असर गरेको सरिफले बताए ।

‘सम्पूर्ण क्षेत्र हाल युद्धको अवस्थामा छ, हामी अछुतो रहन सक्दैनौँ,’ सरिफले सम्बोधनमा भने । पाकिस्तान सरकारले इन्धन बचाउन सरकारी कर्मचारीको काम गर्ने अवधि हप्तामा चार दिनमा झारेको छ । त्यस्तै मार्च १६ देखि महिनाको अन्त्यसम्म सम्पूर्ण विद्यालय बन्द गरिएको छ । तथापि, यस अवधिका लागि पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

त्यस्तै, विश्वविद्यालयलाई अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ । हप्ताको चार दिन पनि ५० प्रतिशत सरकारी कर्मचारीले घरबाटै काम गर्ने साथै बैंकिङ क्षेत्रमा पनि यही व्यवस्था सिफारिस गरेको सरिफले बताए ।

खर्च कटौतीका उपायअन्तर्गत संघीय र प्रान्तीय मन्त्रिपरिषद्का सदस्यले आगामी दुई महिनाको तलब र भत्ता त्याग्ने विषय पनि समावेश छ । संघीय र प्रान्तीय व्यवस्थापिकाका सदस्यको तलबमा पनि यस अवधिमा २५ प्रतिशत कटौती गरिने बताइएको छ । उच्चपदस्थ सरकारी पदाधिकारीका अत्यावश्यकबाहेकको विदेश भ्रमण रद्द गरिएको छ भने भ्रमण पनि सस्तो ‘इकोनोमी क्लास’मा मात्र विदेश भ्रमण गर्न पाइनेछ ।

त्यस्तै, संघीय र प्रान्तीय सरकारका सबै बैठक अब अनलाइन सञ्चालन गर्नुपर्नेछ भने सरकारी कार्यालयको इन्धन भत्ता पनि घटाइएको छ । त्यस्तै, सरकारले मानिसलाई सामाजिक जमघट सकेसम्म रोक्न आह्वान गर्दै सरकारले विवाह र पार्टीमा २०० भन्दा बढी पाहुना नथप्न भनिएको छ ।

पाकिस्तानले आफ्नो तेल आवश्यकताको ८० प्रतिशतभन्दा बढीको आयात गर्छ । जुलाई २०२५ र फेब्रुअरी २०२६ को बिचको अवधिमा यसको तेल आयात कुल १०.७१ अर्ब डलर थियो । मध्यपूर्वको संकटपछि उत्पन्न ऊर्जा संकटपछि पाकिस्तानमा इतिहासकै सबैभन्दा ठुलो इन्धन मूल्यवृद्धि भएको छ ।

मंगलबार पेट्रोलको मूल्य एकैपटक ५५ पाकिस्तानी रुपैयाँले बढ्यो । तलब कटौतीजस्ता उपायले मुख्यतया सार्वजनिक वित्तलाई असर गर्ने र राष्ट्रिय इन्धन प्रयोग घटाउने प्रधनमन्त्री सरिफले बताए ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending