जुम्ला । जुम्लामा कुपोषण दर घट्दो क्रममा रहेको छ । स्वास्थ्य कार्यालय जुम्लाको पाँच वर्षको तथ्याङ्कलाई हेर्ने भने कुपोषण घर घट्दो क्रममा रहेको हो । विसं २०७२ मा एक वर्षमुनिका बालबालिका १० दशमलव छ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १५ दशमलव चार प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२ दशमलव सात प्रतिशत कुपोषित रहेका थिए ।
त्यसैगरी विसं २०७३ मा एक वर्षमुनिका बालबालिका १२ दशमलव छ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १२ दशमलव चार प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२ दशमलव छ प्रतिशत कुपोषित थिए । विसं २०७४ मा एक वर्षमुनिका बालबालिका १० दशमलव नौ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १२ दशमलव सात प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका ११ दशमलव नौ प्रतिशत कुपोषित रहेका थिए ।
यस्तै विसं २०७५ मा एक वर्षमुनिका बालबालिका सात दशमलव दुई प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १० दशमलव आठ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका नौ प्रतिशत कुपोषित रहेका थिए । विसं २०७६ मा एक वर्षमुनिका बालबालिका तीन दशमलव सात प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका सात दशमलव आठ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका पाँच दशमलव सात प्रतिशत कुपोषित रहेका छन् ।
विसं २०७२ मा ६५, २०७३ मा १४८, २०७४ मा २९२, २०७५ मा १११ र २०७६ मा ८३ जना कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामै भर्ना गरी उपचार गरिएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनल भने, “यस वर्षको तथ्याङ्क आउन बाँकी छ ।” यहाँको महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण गरी पोषणयुक्त बनाउनका लागि नेपाल सरकार, कर्णाली प्रदेश सरकार र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमको प्राविधिक सहयोग भने मनहरी विकास संस्था (एमडिआई) नेपालले गरेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए । कार्यक्रमको प्रमुख लक्ष्य भनेकै आमा तथा बाल स्वाथ्य र पोषणमा सुधार ल्याउने रहेको छ । यहाँका एक नगरपालिका र सात गाउँपालिकामा रहेका आमा र बच्चालाई सर्वोत्तम पिठो पोषणयुक्त खाना उपलब्ध गराउँदै आएको छ ।
तातोपानी गाउँपालिका–५ लाम्रागाउँकी सरिता चौलागाईँले गर्भवती, सुत्केरी महिला र बच्चालाई वितरण गरिँदै आएको पोषणयुक्त आहार ९सर्वोत्तम पिठो०ले पोषणमा सुधार हुँदै आएको बताए । उनले भने, “लकडाउनमा पनि नियमित वितरण हँुदै आएकाले आमा र बच्चालाई सहज भएको छ ।” यो खाना आमा र बच्चा दुवैले रुचाएर खाने गरेका छन् । त्यसैगरी पातारासी गाउँपालिका–३ चौरगाउँकी पन्नी रावलका अनुसार कोरोना भाइरसले लकडाउन भएपछि प्रभावित भएका आमा र बच्चालाई सर्वोत्तम पिठो वितरण गर्दा राहत भएको छ । यसले पोषण सुधार गर्नका साथै भोकमरीबाट पनि बचाएको उनले बताए ।
एमडिआइ नेपाल जुम्लाका प्रमुख नवीन रावलका अनुसार गर्भवती तथा सुत्केरी आमा र सुनौला हजार दिनभित्रका बालबालिकाको पोषण सुधार गर्नका लागि आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालनमा रहेको छ । सन् २०१४ देखि जुम्लामा सञ्चालित कार्यक्रमले प्रतिमहिना पोषणयुक्त आहारा उपलब्ध गराउने र तौल लिने काम गर्दै आएको उनले बताए । त्यसैगरी पोषण र स्वास्थ्यसम्बन्धी परामर्श गर्ने गरिएको छ । दुई हजार ७४६ सुत्केरी, गर्भवती र चार हजार ५७ बालबालिका गरी छ हजार ८०३ जनालाई २० हजार ४०९ मेट्रिक टन पोषणयुक्त आहार ९पोषिलो लिटो० वितरण गर्दै आएको प्रमुख रावलले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: