सल्यान। सल्यानमा वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतबारदेखि विविध कार्यक्रम सञ्चालन हुँदैछन् ।
वन डढेलो व्यवस्थापन सप्ताह अन्तर्गत जिल्लाका आठवटै सब डिभिजन वन कार्यालयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने भएको हो ।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेक बहादुर रावलले सप्ताहभरि वन उपभोक्ता समूह, स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकाय तथा अन्य सरोकारवालालाई सहभागी गराएर डढेलो रोकथाम र नियन्त्रणका उपायबारे छलफल तथा सचेतनामूलक कार्यक्रम गरिने जानकारी दिए।
कार्यक्रम अन्तर्गत आइतबार त्रिवेणी गाउँपालिकाको काभ्रामा विद्यार्थी लक्षित वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको रावलले जानकारी दिए।
वन डढेलोको जोखिम, यसको असर र नियन्त्रणका उपायबारे युवापुस्तालाई सचेत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।
यसैबीच जिल्लामा वन डढेलो व्यवस्थापन कार्ययोजनाको मस्यौदा तयार भइसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।उक्त कार्ययोजना जिल्ला वन सुरक्षा समितिको बैठकबाट पारित गरी जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा समेत पेश गर्ने तयारी गरिएको छ ।
यस वर्ष पनि सल्यानमा वन डढेलो सुरु भइसकेको छ । शनिबार सिद्ध कुमाख गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाको सिमाना क्षेत्रमा लागेको डढेलोबाट करिब ३० हेक्टर वन क्षेत्र नष्ट भएको डिभिजन बन कार्यालय प्रमुख रावलले जनाए ।
वन डढेलोको दृष्टिले सल्यान उच्च जोखिममा रहेको तथ्याङ्कले देखाएको छ । सन् २०१३ देखि २०२५ सम्म जिल्लामा एक हजार ३०२ वटा वन डढेलोका घटना भएका छन् ।
यसले वन क्षेत्र, जैविक विविधता, वन्यजन्तु तथा वातावरणमा ठूलो क्षति पुर्याउँदै आएको छ ।वन डढेलोका घटनामा मानवीय लापरबाही प्रमुख कारण हुने भएकाले स्थानीय समुदायको सक्रियता र सचेतना अभिवृद्धि जरुरी रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
सप्ताहभर सञ्चालन हुने कार्यक्रमबाट वन संरक्षणप्रति जनचेतना बढ्ने र डढेलो नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।क्याप्शनस् सल्यानको जङ्गलमा लागेको डढेलो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - १८:४५
काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...
बैशाख २ गते, २०८३ - १८:३४
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...
बैशाख २ गते, २०८३ - १८:२४
काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...
बैशाख २ गते, २०८३ - १७:५७
काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...
बैशाख २ गते, २०८३ - १७:४७
काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...
बैशाख २ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...
बैशाख २ गते, २०८३ - १७:११
काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...
बैशाख २ गते, २०८३ - १७:०४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...
बैशाख २ गते, २०८३ - १६:५४
काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...
बैशाख २ गते, २०८३ - १६:२५
बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् । रा...


प्रतिकृया लेख्नुहोस्: