नयाँदिल्ली । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाविरुद्धको लडाईमा साथ दिएकोमा विपक्षीहरुलाई धन्यवाद दिएका छन् ।
बुधबार नयाँदिल्लीमा पत्रकारहरुसँग बोल्दै मुख्यमन्त्री केजरीवालले कोराना नियन्त्रणमा विपक्षी दलहरुको सहयोग अति महत्वपूर्ण भएको बताए ।
“कोरोनविरुद्धको लडाईमा यदि सरकार एक्लै लड्ने निर्णय गरेको भए सरकार असफल हुन सक्थ्यो, हामीले यसमा केन्द्रीय सरकारसहित सबैलाई किन नसमेट्ने भन्ने सोच्यौँ र सबैलाई सहभागिता र सहयोगका लागि आह्वान गर्यौँ,” उनले भने ।
मुख्यमन्त्री केजरीवालले गैरसरकारी संस्था तथा समूहहरुले पनि कोरोना नियन्त्रणका लागि अफ्ठ्यारोमा परेकाहरुलाई धेरै सहयोग गरेको चर्चा गरे ।
“कोरोनाविरुद्धको लडाईमा सबै पार्टीलाई सहयोगका लागि सरकारले आह्वान गरेको थियो, भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय काँग्रेसलगायतले राम्रोसँग सहयोग गरे, उनीहरु सबैलाई धेरै धेरै धन्यवाद छ,” उनले भने ।
कुनै कामहरु जानी नजानी गलत तरिकाले भइरहेका बेला विपक्षीहरुले औंल्याइदिने र सुधार गर्ने अवसर पाएको पनि उनले बताए।
आफूहरुले काम गर्दा सकेसम्म जनभावना, चाहना र आवश्यकता अनुसार गर्ने प्रयास गरिरहेको र नतिजा राम्रो आएको केजरीवालको भनाई छ ।
कोरोनाभाइरसका कारण दिल्लीमा कुल एक लाख १५ हजार ३४६ जना सङ्क्रमित भएकोमा १८ हजार ६६४ जना मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका छन् ।
त्यसैगरी अरु ९३ हजार २३६ जनाले कोरोनाभाइरसलाई जितेपनि तीन हजार ४४६ जनाले भने जित्न नसकेर जीवन गुमाएको मुख्यमन्त्री केजरीवालले बताए ।एएनआई
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: