Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको भए पनि स्थिरताको प्रश्न अझै कायमै रहेको बताएकी छन्।

११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मोतिदेवी स्मृति केन्द्रद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेतृ शाक्यले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरिन्।

उनले सबै नेपालीले देशप्रति माया गर्नुपर्नेमा जोड दिँदै वर्तमान चुनौतीहरूको सामना गर्न आम नागरिकबीच एकताको आवश्यकता औंल्याइन्। नेतृ शाक्यका अनुसार “देश रहे मात्र नागरिकको अस्तित्व रहनेछ। नेपाल नहुने हो भने हामी नेपाली भएर सार्वभौम अधिकार समेत कायम राख्न सक्दैनौं। त्यसैले देशलाई माया गरौं।”

शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्य हासिल गर्न राज्यले शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्यायका क्षेत्रमा आमूल परिवर्तन ल्याउन ध्यान दिनुपर्ने स्पष्ट पारेकी छन्।

उनले नेपाली महिलाहरूलाई राजनीतिक दलको घेराभन्दा माथि उठेर एकजुट हुन आह्वान गर्दै भनिन् कि राष्ट्रिय मुद्दामा उनीहरूको एउटै स्वर हुनु आवश्यक छ। संविधानले महिलाका हक अधिकार सुरक्षित गरिसकेको र राज्यका हरेक निकायमा महिलाको पहुँच सुनिश्चित गरेको अवस्थामा महिलाहरू चुप बस्नु हुँदैन।

नेतृ शाक्यले देशको समृद्धि, सुशासन र न्यायका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने र महिलाले नेतृत्वदायी भूमिकामा सक्रिय रहनुपर्ने कुरामा जोड दिइन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी खोलाको स्थलगत निरीक्षणमा गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत पर्ने रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन्। उनी मंगलबार दिउँसो बाढीका कारण स्थानीयले भोग...

उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गी को उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन्। अभद्र व्यवहार लगायतका कसुरमा उषा...

एक करोड ४० लाख नागरिक बलिदानका लागि तयार : इरानी राष्ट्रपति

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको र...

विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख घुससहित पक्राउ

काठमाडौँ। सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस रकमसहि...

घरबाटै काम गर्न सरकारको आह्वान

काठमाडौँ। युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धन सङ्कट गहिरिनुका साथै मूल्यवृद्धि...

शिक्षामन्त्रीले गरे फाप्ला क्रिकेट मैदानको अवलोकन, प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामक...

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौँ। राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छिन्। राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोज...

प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयक टेबुल

काठमाडौँ। प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीन वटा महत्त्वपूर्ण विधेयक टेबुल गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्...

शैक्षिक सत्रअघि र एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही ...

कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending