Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

कोरोना न्यूनीकरणका लागि वडास्तरमै सुविधा सम्पन्न क्वारेन्टिन

काभ्रेपलाञ्चोक । चौँरीदेउराली गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरी कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि वडास्तरमै सुविधा सम्पन्न क्वारेन्टिन बनाउने जनाएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आर्थिक वर्षको शुरुआतसँगै नौ वडामै क्वारेन्टिन व्यवस्थापन गरिने थालिने जनाइएको हो । वडास्तरमा क्वारेन्टिन नबन्दासम्म कारोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताए । उनले भने, “प्रत्येक वडामा आवश्यकताका आधारमा आधारभूत सुविधासहितको क्वारेन्टिन व्यवस्थापन गर्दै जानेछौँ ।” उनका अनुसार कोरोनालगायत महामारीको बढ्दो जोखिम न्यूनीकरण गर्न आवश्यक बजेट छुट्याइएको छ । हाल पालिकास्तरमा ३० बेडको क्वारेन्टिन व्यवस्थित गरिएको छ ।

सङ्क्रमणको उच्च जोखिम रहेकाले सचेतनामा विशेष जोड दिइने पनि गौतमले बताए । “बजेट विशेष गरी स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमकतामा राखिएको छ”, गौतमले भने । साथै, गाउँपालिकाले ७० वर्ष उमेर कटेका आफ्ना नागरिकको निःशुल्क उपचार गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रममा ७० वर्ष उमेर कटेका नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियालगायत उपचार निःशुल्क गरिने उल्लेख गरेको छ ।

गौतमले गाउँपालिकाभित्र रहेका स्वास्थ्यचौकी तथा अस्पतालबाट उक्त सेवा दिइने बताए । उनले नीति तथा कार्यक्रम, बजेट घोषणा कार्यक्रममा ७० वर्ष उमेर नाघेका नागरिकको सूची तयार गरी सामान्य रोगका लागिसमेत स्थानीय स्वास्थ्यकर्मीमार्फत उपचार गर्न प्रोत्साहन गरिने बताए । ५ नम्बर वडामा प्रदेश सरकारको बजेटबाट १५ श्ययाको अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ ।

गौतमले आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रमअन्तर्गत कृषि, सिँचाइ तथा पशुपालन, शिक्षा, खानेपानी तथा सरसफाइ, युवा तथा खेलकूद, संस्कृति तथा पर्यटन, स्वास्थ्य, सडक तथा भौतिक पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकास कार्यान्वयनका लागि रु ५२ करोड ३५ लाख तीन हजार बराबरको बजेट पेश गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy