Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

बर्दियामा २९ जना उम्मेद्वारको जमानत जफत

खबरडबली संवाददाता

गुलरिया। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाका दुई ओटा निवार्चन क्षेत्रमा भाग लिएका ३६ जना उम्मेद्वार मध्ये २९ जना उम्मेद्वारको जमानत जफत भएको छ । कुल सदर मत मध्ये १० प्रतिशत भन्दा कम मत आउने उम्मेद्वारको जमानत जफत हुने व्यवस्था रहेको छ । 

बर्दिया क्षेत्र नं १मा कुल मतदाता एक लाख ६८ हजार ३४ मध्ये एक लाख दुई हजार चार सय ८९ मत खसेको थियो । ९६ हजार छ सय नौ सदर मत सदर भएको थियो । त्यसैगरी बर्दिया क्षेत्र नं २ मा रहेका कुल मतदाता एक लाख ५५ हजार दुई सय ३२ मध्ये  ९२ हजार ६ सय १८ मत खसेको थियो । जसमध्ये ८८ हजार एक सय ३० मत सदर भएको थियो । 

सदर भएका मत मध्ये १० प्रतिशत भन्दा कम मत ल्याएका उम्मेद्वारको जमानत जफत भएको छ । निर्वाचन कार्यालय बर्दियाका अनुसार प्रति उम्मेद्वार १० हजार रुपियाँका दरले जमानत राखिएको थियो । महिला उम्मेद्वारका लागि ५० प्रतिशत छुटमा जमानत राखिएको थियो । निर्वाचनमा भाग लिएका पाँच जना महिला मध्ये ४ जनाको जमानत जफत भएको छ ।

बर्दिया क्षेत्र नं १ बाट निर्वाचनमा भाग लिएका २१ जना उम्मेद्वार मध्ये १८ जनाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा भाग लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेद्वार ठाकुर सिंह थारू, नेकपा एमालेका शालिकराम अधिकारी, नेपाली काँग्रेसका संजय गौतम बाहेक सबै उम्मेद्वारको जमानत जफत भएको सहायक निर्वाचन अधिकृत कमल घलेले बताए। 

जमानत जफत हुनेमा तीन स्वतन्त्र उम्मेद्वार सहित १५ वटा राजनीतिक दलका उम्मेद्वार रहेका छन् । यस अघि थारू आयोगको अध्यक्ष समेत भइसक्नु भएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार विष्णुप्रसाद थारूको समेत जमानत जफत भएको छ । उनले ९.६१ प्रतिशत मत ल्याएको छन् । 

त्यसैगरी बर्दिया निर्वाचन क्षेत्र नं २ का ११ जना उम्मेद्वारको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेद्वार श्रीधर पोखरेल, नेपाली काँग्रेसका किशोर सिंह राठोर, नेपाली कम्युनिष्ट पार्टीका सुरेश पन्थ र नेकपा एमालेकी बिमला वि.क.को जमानत जफत भएको छैन । भने बाँकी रहेका ११ वटा राजनीतिक दलका उम्मेद्वारको जमानत जफत भएको छ । 

यस अघि लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीबाट उम्मेद्वार भएका धर्म बहादुर चौधरीको समेत जमान जफत भएको छ । उनले कुल सदर मतको ५.०७ प्रतिशत मत प्राप्त गरेको थिए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ

फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...

हुलाकलाई 'सरकारी कुरियर' बनाउँदै सरकार: म्याग्दी र मकवानपुरमा सेवा सुरु

काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्‍याउने कार्य प्रारम्भ...

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् ।  बगनासकाली ...

भरत खड्काद्वारा सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...

पैतृक सम्पत्तिबारे भ्रम नफैलाउन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...

लेखा समिति सभापतिमा कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ। कांग्...

रास्वपाले सांसद र मन्त्रीका लागि लेबी तोक्यो, मासिक १६ हजार ५ सयदेखि १८ हजारसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी (पार्टी शुल्क) तोकेको छ। बिहीबार सिंहदरबारमा बसेको सं...

सिंहदरबारमा प्रतिपक्षी दलको संयुक्त बैठक: लेखा समितिसभापतिमा साझा उम्मेदवारको खोजी

काठमाडौँ। सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापति चयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका विपक्षी दलहरू साझा उम्मेदवार तय गर्न जुटे...

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ले प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापति पद नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ। सिं...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending